3 years ago
June 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा बिर बहादुर खड्का निर्वाचित भएका छन् ।
सोमबार भएको केन्द्रिय कार्यसमितिको साधरणसभाबाट शिक्षित पराजुलीलाई ४ मतले पराजित गर्दै आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् ।
बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनबाट बिर बहादुरले ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी पराजुलीले ४० मत पाए । कुल ८४ मत रहेको छ ।
यसअघि अध्यक्षमा कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकज विक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भइसकेका छन् । पंकजले ४५ मत प्राप्त गर्दा कर्माले ३९ मत पाए । स्वतन्त्र उमेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन् ।
कर्मा र पंकजले २१–२१ सदस्यीय कार्यसमितिका लागि प्यानल नै बनाएर अघि बढेका छन् । साधारणसभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ । अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उमेदवारी परेको छ ।
१५ सदस्यमध्ये १३ जना खुल्ला र २ जना महिला सदस्यका लागि पनि दुवै प्यानलबाट उम्मेदवार छन् । सदस्यमा मिलन गुरुङ र सुरेन्द्र शिख्रकार, सुन्दर थापा क्षेत्री र कुमार कटवालले प्यानलविनै उमेदवारी दिएका छन् ।
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। अष्ट्रेलियन प्रशिक्षक म्याट रोसकोलागि यो पहिलो खेल हुनेछ। यसअर्थ उनको लागि आजको खेल विशेष रहनेछ। आफ्नो पहिलो खेलमा सकारात्मक नतिजा निकाल्ने […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत भएकी छिन् । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत गर्दा खेलकुदबाट साम्बा पुरस्कृत भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित […]