default_image

4 years ago

June 21, 2022

बार्सिलोनाका पुर्व फरवार्डलाई २२ महिनाको जेल सजाय

223 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पुर्व फरवार्ड स्यामुएल इटोलाई २२ महिनाको जेल सजाय सुनाइएको छ ।
कर छली गरेको आरोप स्वीकार गरेपछि उनलेलाई झन्डै २ वर्षको जेल सजायसँगै यस्तै १.५५ मिलियन पाउण्ड जरिवाना तोकेको छ ।

इटोले बार्सिलोनाबाट खेल्दा ३.२ मिलियन पाउण्ड कर छली गरेको स्वीकार गरेका हुन् । कर छलीको आरोपमा स्पेनको सिउडाड डे ला जस्टिसिया अदालतले उनलाई सजाय र जरिवाना तोकेको हो । तर, उनले जेल भने बस्नु पर्ने छैन । स्पेनको कानुन अनुसार हिंसात्मकबाहेकका २ बर्ष भन्दा कम जेल सजायका अभियुक्तले जेलमा बस्नु पर्दैन ।

इटोमाथि २००६ देखि २००९ सम्म तस्विरहरु बिक्री गरेवापत आएको रकममा कर नतिरेको आरोप छ । क्यामरुन फुटसल संघको अध्यक्ष समेत रहेका इटोले आफ्ना पूर्व एजेन्ट जोसे मारिया मेसालेसले गर्दा आफुले उक्त काम गरेको दाबी गरेका छन् ।

चार पटकको वर्ष अफ्रिकन वर्ष खेलाडी ४१ वर्षीय इटो २००४ मा बार्सिलोनामा आबद्ध भएका थिए । इटोले सन् २०१४ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । इटोले क्यामरुनबाट ११८ क्याप जित्दै ५६ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले क्यामरुनबाट ओलम्पिकमा स्वर्णसँगै अफ्रिका कप अफ नेसन्सको उपाधि जितेका छन् ।

इंग्लिस क्लब चेल्सी र इटालियन क्लब इन्टर मिलानबाट समेत खेलिसकेका इटोले व्यवसायिक खेल करिअरमा ७१८ क्लब खेलमा ३५९ गोल र ११६ एसिस्ट दिएका छन् । चार पटकको वर्ष अफ्रिकन खेलाडी घोषित इटोले ४ च्याम्पियन्स लिग, ३ ला लिगा र १ सिरी ’ए’ उपाधि जितेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.