4 years ago
June 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण भोलि (बुधबार) हुने भएको छ । एन्फाका अनुसार नव निर्वाचित कार्यसमितिको सपथ सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजेपछि हुनेछ ।

सोमबार भएको २१औं चुनावी साधरणसभाबाट १९ सदस्यीय कार्यसमिति चयन भइसकेको छ । कार्यसमितिले पूर्णता भने पाइसकेको छैन । १३ सदस्यमध्ये ११ सदस्य निर्वाचित हुँदा चार उमेदवारको समान ३९ मत आएपछि पुनः निर्वाचन हुने एन्फाले जनाएको छ । एन्फाले यि चारबीच नै हुने निर्वाचनको मिति तोक्नेछ ।
तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेम्वाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् । कुल ८४ मतमध्ये पंकजले ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी कर्माले ३९ मत पाए स्वतन्त्र उमेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन् ।
वरिष्ठ उपाध्यक्षमा बिर बहादुर खड्काले निकटतम् प्रतिद्धन्द्धी शिक्षित पराजुलीलाई ४ मतले पराजित गर्दै आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् । बिर बहादुरले ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी पराजुलीले ४० मत पाए । यस्तै उपाध्यक्षमा दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र दीर्घ बहादुर केसी (कुमार) निर्वाचित भएका छन् ।
दावाले सर्वाधिक ४८ मत ल्याए । विराट र दीपकले समान ४७ मत ल्याए । दीर्घले ४२ मत पाए । महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भइन् । सरिलाले ४६ तथा पेमाले ४३ मत पाइन् । दुई महिला सदस्यका लागि चार जना चुनावी मैदानमा रहेका थिए ।
सदस्यमा मनिष जोशी ४८, अनिल मल्ल ४७, रविन्द्र चन्द ४६, विकास नारायण श्रेष्ठ ४४, भोजराज शाही ४४, महेन्द्र क्षेत्री ४४, पुरुषोत्तम थापा ४३, रमेश व्यन्जनकार ४३, मनिराज विष्ट ४२, टिकाराम लामा ४१ र भरत बुढ् थापा ४० मत पाएर निर्वाचित भएका छन् । दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत पाएका छन् ।
एन्फाको कार्यसमिति बैठकले नै महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]