default_image

3 years ago

June 22, 2022

सिनियर खेलाडी टोलीमा फर्कने, प्रशिक्षकबारे कतारसँग छलफल

264 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादपछि राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

एन्फाको बुधबार बसेको पहिलो कार्यसमितिको बैठकले राष्ट्रिय टिमका फुटबल खेलाडी र प्रशिक्षकबीचको विवादपछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीहरुलाई राष्ट्रिय टिममा सहभागी गराउने निर्णय भएको एन्फाले जनाएको छ ।

यस्तै प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरि कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरेको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण दौरान प्रशिक्षक अलमुताइरीले कप्तान किरण चेम्जोङको अनुपस्थितिमा नेतृत्व गरिरहेका रोहित चन्दलाई होटेलमा बस्ने कि होस्टेलमा भन्ने विषयमा विवाद भएपछि प्रशिक्षकले रोहितको पक्षमा लागेका १० खेलाडीलाई क्याम्प छोडेर जान निर्देशन दिएका थिए । त्यसमा साथ दिएका कप्तान किरणलाई समेत प्रशिक्षक अलमुताइरीले एसियन कप छनोटको लागि टोलीमा समेटेनन् ।

प्रशिक्षक खेलाडीको विवादमा सिनियर खेलाडी रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अन्जन विष्टलाई टिमबाट निकालिएको थियो । उक्त घटना छानविन तथा तथ्य सार्वजनिक गर्न गठित तीन सदस्यीय समितिले दिएको सुझाव अनुसार कार्यसमितिले निर्णय गरेको हो ।

यस्तो थियो समितिको सुझाव

यस्तै बैठकले संघको महासचिवमा किरण राई, कोषाध्यक्षमा रबिन्द्र जोशी र अन्तराष्ट्रिय विभाग प्रमुखमा नविन पाँडेलाई नियुक्त गरेको छ ।

यस्तै बैठकले खेलकुद विकास ऐन २०७७ मा व्यवस्था भए बमोजिम प्रदेश खेलकुद समन्वयमा असार १५ गतेभित्र प्रादेशिक संरचना निर्माण गरि राष्ट्रिय खेलकुद परिषद्समक्ष पेश गर्ने प्रतिवद्धता अनुसार कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय पारित गरेको छ । ३० दिन भित्र श्वेतपत्र जारी गरि संघको वर्तमान आर्थिक तथा प्रशासनिक अवस्थाको बारेमा जानकारी दिने निर्णय समेत गरेको छ ।

एन्फामा कर्मचारीहरु आवश्यक देखिएकोले पदपुर्तिका लागि आवश्यक प्रक्रिया पुरा गरि कार्यन्वयन गर्न सचिवालयलाइ निर्देशन दिनेसँगै जुलाइ २ बंगलादेशको र ढाकामा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) को चुनावमा उपाध्यक्ष पदमा नेपालबाट न्यु रोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय गरेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.