default_image

3 years ago

June 23, 2022

नेपालको फिफा वरियता खस्कियो

301 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल ८ स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको वरियतामा नेपाल ८ स्थान तल झरेर १ सय ७६औं स्थानमा पुगेको छ ।

यसअघि नेपाल १ सय ६८औं रहेको थियो । नेपालले एएफसी एसियन कप दौरान कुवेतमा आयोजक कुवेतसँगै जोर्डन र इन्डोनेसियासँग खेल खेल्दा तीन खेलमा हार बेहोरेको थियो । नेपालले १३ गोल बेहोर्दा १ गोल मात्रै गर्न सफल भएको थियो । त्यसले पनि वरियतामा प्रभाव पारेको हो ।

दक्षिण एसियामा भारत शीर्षस्थानमा कायम छ । दुई स्थान सुधार गरेको भारत १ सय ४औं स्थानमा छ । दक्षिण एसियामा माल्दिभ्स नेपाल भन्दा माथि १ सय ५६औं स्थानमा छ । भुटान १ सय ८६ औं, बंगलादेश सय ९२ औं, पाकिस्तान १ सय ९६ औं, श्रीलंका २०७औं स्थानमा रहेको छ ।

विश्व वरीयतामा ब्राजिल र बेल्जियम शीर्ष दुईमा रहँदा अर्जेन्टिनाले एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लदा नेसन्स लिगमा खराव प्रदर्शन गरेको विश्व विजेता फ्रान्स चौथो स्थानमा झरेको छ ।

इंग्ल्यान्ड पाँचौं स्थानमा रहँदा स्पेनले छैटौं स्थानमा उक्लिएको छ । इटालीको वरीयता खस्कदा नेदरल्यान्ड आठौं स्थानमा तथा पोर्चुगल नवौं स्थानमा झरेको छ । डेनमार्क शीर्ष १० मा अटाएका छन् । जर्मनी ११औं स्थानमा रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.