10 years ago
September 16, 2015
भाद्र ३०, किर्गिज़स्तान
खेलको पहिलो १० मिनेट तालमेल मिलाउन नसक्दा जोर्डनले दबाब दिएको थियो । खेलको पहिलो ५ मिनेटमा नेपालले गोल गर्ने अवसर पाएको थियो तर प्रजेन तामाङ खुला अवसरमा फितलो प्रहारले जोर्डनका गोलकिपरलाइ कुनै दबाब दिन सकेन ।
सुरुमा कम्जोर देखिएपनि पहिलो हाल्फ़को पछिल्लो समयमा नेपालको पकड रह्यो । फलस्वरूप रेजिन सुब्बाले नेपाललाइ खेलको २५औ मिनेटमा अग्रता दिलाए । जोर्डनका रक्षकले क्लियर गरेको बलमा रेजिन सुब्बाले भलीमा गोल गर्दै नेपाल लाइ खेलमा आगाडी लगे । खेलको ४४ मिनेटमा रोजनको अर्को उत्क्रिस्ट प्रहारलाई विफल पार्दै जोर्डेनेलि किपरले नेपालको अग्रता दोब्बर हुनेबाट रोके ।
पहिलो हाल्फमा १ गोलले पछि परेको जोर्डन दोस्रो हाल्फ़मा केहि छरितो देखियो । इब्राहिम मोहम्मदले ६२औ मिनेटमा गरेको लामो दुरीबाट गरेको प्रहार पोस्टमा लागेर बाहिरियो ।
नेपालको अग्रता दोब्बर गर्न रेजिनले दिनेश हेन्जनको पासलाइ दिशा दिदै गोल गरे । जोर्डन ले खेलको इन्जुरी समयमा १ गोल फर्कायो तर त्यो काफी रहेन ।
नेपालले दोस्रो खेल सुक्रबार घरेलु टिम किर्गिज़स्तानबिरुद्ध खेल्ने छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]