default_image

3 years ago

June 24, 2022

विश्वकपमा २६ खेलाडी राख्न पाइने

209 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले २०२२ को विश्वकपको लागि २६ सदस्यीय टोलीलाई अनुमोदन गरेको छ ।

यससँगै यस वर्षको फिफा विश्वकप कतार २०२२ को लागि सहभागी ३२ राष्ट्रले आफ्नो अन्तिम टोलीमा २६ खेलाडी राख्न पाउनेछन् । यसअघि एक टोलीमा २३ खेलाडी राख्न पाउने प्रावधान रहेको थियो ।

यो प्रयोग यसअघि कोभिड–१९ को महामारीको बेला प्रयोग भएको थियो । जसमा ६ खेलाडी परिवतैन गर्न पाउने नियम पनि रहेको थियो । यसको अर्थ अब टोलीमा कुनै पनि खेलाडी छुट्ने छैन । इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले गत अप्रिलमा सबै जना सबै खेलका लागि उपलब्ध हुनुपर्ने बताएका थिए । उनले टोलीमा खेलाडी थपिदा खेलमा पनि परिवर्तन गर्न सकिने बताएका छन् ।

फिफाले नोभेम्वर २१ देखि सुरु हुने विश्वकपको लागि कोभिड –१९ र असामान्य समयका कारण विश्वकपको लागि टोलीमा संख्या बढाइएको जनाएको छ ।

विश्वकपमा सहभागी सबै ३२ राष्ट्रले आगमी अक्टोवर २० सम्ममा आफ्नो अन्तिम नामावली दिनुपर्नेछ । एक टोलीमा खेलाडीसहित ३५ देखि ५५ सदस्यीय पदाधिकारी हुनेछन् । जसमा २५ खेलाडीसँगै एक जना डक्टर हुनुपर्नेछ । उनले बेन्चमा बस्न पाउनेछैन । डगआउटमा ११ नियमित खेलाडी, १५ वैकल्पिक खेलाडी र एक फिजियो हुनेछ । प्रशिक्षण टोली पनि डगआउटमै रहनेछ ।

कतारमा हुने विश्वकप नोभेम्वर २१ बाट शुरु भएको १८ डिसेम्वरमा सकिनेछ । समूह ‘ए’ को सेनगेल र नेदरल्यान्ड्सबीचको खेलबाट विश्वकपको उद्घाटन हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.