default_image

3 years ago

June 25, 2022

काल्भिन म्यानचेस्टर सिटी जाने पक्का

220 views

0 Bookmark

एजेन्सी – इंग्ल्याण्डका मिडफिल्डर काल्भिन फिलिप्स इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने पक्का भएको छ ।सिटीले प्रिमियर लिग क्लब लिड्स युनाइटेडसँग ४५ मिलियन पाउण्डमा सम्झौता गरेको जनाएको छ ।

क्लबले २६ वर्षीय मिडफिल्डरका लागि ४२ मिलियन पाउण्ड तिर्नेछ । ३ मिलियन पाउण्ड बोनसमार्फत प्राप्त गर्नेछ । ब्राजिली मिडफिल्डर फर्नान्डिन्होले ९ वर्षपछि क्लब छाडेपछि लिग च्याम्पियन सिटीले फिलिप्सलाई अनुबन्ध गर्ने लक्ष्य बनाउँदा त्यसमा सफलता हात पारेको हो ।

अब फिलिप्सले रोड्रीलाई सिटीमा एकल डिफेन्सिभ मिडफिल्ड पोजिसनमा साथ दिनेछ । अर्को सम्झौतामा मिडफिल्डर डार्को ग्याबीले सिटीको एकेडेमी छोडेर ५ मिलियन पाउन्डमा लिड्समा आबद्ध हुनेछन् ।

लिड्स एकेडेमीकै उत्पादन फिलिप्सले सन् २०१५ मा लिड्सको सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले लिड्सका लागि २१४ खेल खेलिसकेका छन् । लिड्सका पुर्व प्रशिक्षक मार्सेलो बिएल्साको नेतृत्वमा फिलिप्स प्रमुख खेलाडी रहेका थिए । फिलिप्सले इंग्ल्याण्डका लागि डेक्लान राइससँग मिलेर आफ्नो क्षमता देखाएका छन् ।

२०२०–२१ मा इंग्ल्याण्डको वर्ष खेलाडी फिलिप्सले ग्यारेथ साउथगेटको विश्वकप टोलीमा आफ्नो स्थान बनाउन जुड बेलिङघम, जोर्डन हेन्डरसन, कोनोर गालाघर र जेम्स वार्ड–प्रोससँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.