3 years ago
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) ले डिफेन्डर रेजिन धिमाललाई कप्तानमा नियुक्त गरेको छ । मलेसिया र थाइल्याण्ड भ्रमणका लागि एनआरटीले रेजिनलाई कप्तानको जिम्मेवारी प्रदान गरेको हो ।

रेजिनकै कप्तानप्मा एनआरटीले आज (शनिबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा क्लबसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।
एनआरटीले मलेसिया र थाइल्याण्ड भ्रमणकै लागि विभिन्न क्लबका ९ खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ । रेजिनले पछिल्लो दुई सिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए ।
एनआरटीले समेटेकोे टोलीमा मछिन्द्रका विशाल र रेजिनसँगै छिरिङ गुरुङ रहेका छन् । थ्री स्टारका सन्जोक राई, च्यासलका रुमेश बर्ताैला, संकटाका सुवास गुरुङ, जावलाखेलका निकोलस फर्नान्डेस र गौरव श्रेष्ठ रहेका छन् ।
यस्तै नयाँ खेलाडीको रुपमा गोलरक्षक जि टोलो लुन्ड्री रहेका छन् । पुजन होना, दिपेश घले, मेसुके ओलोमोउ, स्टेफन समिर विनोङ, शिव गुरुङ, सरोज तामाङ, अशोक थापा मगरलाई टोलीमा निरन्तरता दिदा राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ र एरिक विष्ट टोलीमा छैनन् । टोलीको प्रशिक्षण ‘ए’ लाइसेन्स प्राप्त युवा प्रशिक्षक जीवन सिन्केमानले सम्हालिरहेका छन् । उनी गत सिजन क्लबको सहायक प्रशिक्षक रहेका थिए ।
यही टोलीले २८ जुनदेखि २ जुलाईसम्म मलेसियामा हुने टीवाइटी कपमा प्रतिस्पर्धा गर्नेछ । टीवाइटी कपमा एनआरटीले मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग टु क्लब कारो प्रतिस्पर्धा गर्नेछन् । एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङसँग प्रतिस्पर्धा गर्नेछ ।
लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुंगो लाग्ने छ । पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।
मलेसियापछि एनआरटीले थाईल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने छ । जसमध्ये एक खेल थाई लिग वान क्लब छोनबुरी एफसीसँग पक्का भइसकेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]