3 years ago
June 26, 2022
पोखरा (हाम्रो खेलकुद) – हेम्जा युनाइटेड तथा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक दिप कार्की छैटौं शुभकामना अन्तर्राष्ट्रिय हेम्जा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

आयोजक हेम्जा युनाइटेडलाई फाइनलमा पु¥याउनुमा उनको महत्वपूर्ण योग्दान रहेको थियो । उनले नगद ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गरे । राष्ट्रिय टोलीबाट एसियन कप छनोट खेलेर स्वदेश फर्के लगत्तै उनी प्रतियोगिता खेल्न हेम्जा पुगेका थिए ।
यस्तै हेम्जा युनाइटेडकै आसिक गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए । हेम्जाकै सुशिल राई उत्कृष्ट फरवार्ड घोषित भए । एभिनियरका गोलरक्षक कोभास्सी उत्कृष्ट गोलरक्षक, एभिनियरकै नेल्सन उत्कृष्ट मिडफिल्डर र आसिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उदीयमान खेलाडी हेम्जाका मनिश थापा घोषित भए । उनीहरु सबैले समान २०–२० हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे ।
कालिका फुटबल क्लबले अनुशासित टिम घोषित हुँदै २५ हजार प्राप्त ग¥यो । समान तीन गोल गरेका एभिनियरका विल्ले र हेम्जाका कमल थापा मगर सर्वाधिक गोलकर्ता बने । उनीहरुले २५ हजार रुपैयाँ प्राप्त गरे ।
गौरीशंकर खेलमैदानमा आइतबार भएको फाइनलमा आयोजक हेम्जा युनाइटेडलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै क्यामरुनी क्लब एभिनियर एफसी छैटौं शुभकामना अन्तर्राष्ट्रिय हेम्जा गोल्डकपको च्याम्पियन बनेको छ ।
एभिनियरलाई च्याम्पियन बनाउन आनिसे, साङ र विल्लेले गोल गरे । हेम्जाका सुशिल राईले एक गोल फर्काए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्विएको थियो । अतिरिक्त समयमा एभिनियरले दुई गोल थप्दै च्याम्पियन बन्न सफल भयो ।
विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले पुरस्कृत गरे । असार ४ गतेदेखि शुरु भएको प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, क्यामरुनी एभिनियर, खुमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेडको सहभागिता रहेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]