3 years ago
June 27, 2022
एजेन्सी – स्पेनिस ला लिगाका अध्यक्ष जेभियर टेवासले पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की क्याटलान क्लब बार्सिलोना आउनेमा विश्वस्त रहेको बताएका छन् ।

‘जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड लेवान्डोस्की अनुबन्ध गर्न बार्सिलोना सक्षम हुनेछ । उनी अर्काे सिजन बार्सिलोनामा आएर खेल्नेछ ।’ अध्यक्ष टेवासले भने । बार्सिलोनाले लेवान्डोस्की अनुबन्ध गर्न प्रयास गरिरहेको छ ।
बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले क्लबको आर्थिक स्थिति बलियो बनाउन क्लबमा रहेका महँगा खेलाडी बेच्ने र केही खेलाडीको पारिश्रमिक कटौती गर्ने योजना बनाइरहेका छन् । बार्सिलोनाले यो सबै ३० जुनभित्र गरिसक्नेछ ।
‘मलाई आशा छ कि लेवान्डोस्कीले बार्सिलोनाका लागि खेल्नेछन् र राम्रो प्रदर्शन गर्नेछन् ।’ टेवासले म्याड्रिडमा स्थापना हुने अन्तर्राष्ट्रिय फुटबल संग्रहालयमा लेजेन्डको प्रस्तुतीको क्रममा भने, ‘मलाई आशा छ, बार्सिलोनाले लेवान्डोस्की अनुबन्ध गर्न सक्नेछ । उनी बायर्न र युरोपेली क्लबका लेजेन्ड हुन् ।’
लेवान्डोस्कीले पनि बायर्न छोड्ने बताइसकेका छन् । तर, बायर्नले उनी जस्ता फरवार्ड गुमाउन चाहेको छैन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]