default_image

3 years ago

June 29, 2022

‘नेयमार चेल्सी आउनेछ’ – सिल्भा

229 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का पुर्व डिफेन्डर ब्राजिली थियागो सिल्भाले आफ्नो सहयात्री नेयमार इंग्लिस क्लब चेल्सी आउने बताएका छन् ।

पाँच वर्षअघि विश्व कीर्तिमानी मुल्यमा पिएसजी पुगेका नेयमार र क्लबका अध्यक्ष नासेर अल खेलाफीबीच पछिल्लो समय सम्वन्ध राम्रो हुन सकेको छैन । नेयमार पिएसजीमै बस्ने बताइरहँदा अध्यक्ष नासेर नेयमारलाई महँगो पारिश्रमिक दिन तयार छैनन् ।

यसको अर्थ पिएसजी केलियन एमबाप्पे र लियोनेल मेस्सीबाट नयाँ दिशामा जान तयार देखिन्छ । क्लबका अध्यक्ष नासेर र नेयमारबीच असन्तुष्टि रहेको अडियो बाहिरिएको छ । यसले पनि नेयमारले पिएसजी छाड्न सक्नेछन् ।

इंग्लिस क्लब चेल्सी नै अब नेयमार अनुबन्ध गर्ने दौडमा अघि रहेको छ । स्टामफोर्ड ब्रिजमा स्थानान्तरण भएको अवस्थामा नेयमार आफ्नो ब्राजिली तथा पिएसजीका पुर्व डिफेन्डर थियागो सिल्भासँग पुनर्मिलन हुनेछ । भेट्रान डिफेन्डर सिल्भा पनि पिएसजी छाडेरै लन्डन क्लब आएका हुन् ।

चेल्सीले सन् २०२१ म च्याम्पियन्स लिगको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य रहेका थिए । त्यो भन्दा अघिल्लो सिजन पिएसजी फाइनलमा पुग्दा पनि सिल्भा महत्वपूर्ण सदस्य थिए । चेल्सी आउनु सिल्भाका लागि लाभदायी बन्यो ।

‘उनीहरुले मलाई केही प्रस्ताव गरेनन् । एक युरो पनि होइन । केही छैन । यो धेरै कष्टप्रद थियो । उनीहरुसँग मेरो बिदाईको योजना बनाउन तीन महिना थियो, तर केही गरेनन् ।’ सिल्भाले भने, ‘म त्यहाँ एक सिजन वा केही महिनाको लागि थिइनँ, म त्यहाँ आठ वर्षको लागि कप्तानको रुपमा रहे । त्यहाँ धेरै ट्रफी उठाएँ । म त्यो भन्दा धेरै सम्मानको योग्य थिए । एडिन्सन काभानीलाई पनि त्यस्तै भयो ।’

अब थियागो सिल्भाले नेयमारलाई चेल्सीमा ल्याउन सक्दो प्रयास गरिरहेका छन् । सिल्भाले नेयमारबारे आफ्नो इच्छा लुकाएनन् । ‘उनी (नेयमार) चेल्सी जानुपर्छ ।’ सिल्भाले भने, ‘यदि यो भयो भने, सबैभन्दा राम्रो हुनेछ । नेयमारलाई कुनै टिप्पणीको आवश्यक छैन । अहिलेसम्म मलाई केही थाहा छैन । तर मलाई आशा छ कि यो सफल हुनेछ ।

नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मुल्य २२२ मिलियन युरोमा क्याटलान क्लब बार्सिलोनाबाट पिएसजी आएका थिए ।

March 26, 2025

नर्वेको जितमा हालान्डको गोल

एजेन्सी – नर्वेले फिफा विश्वकप २०२६ को युरोपियन छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ । नर्वेले बुधबार भएको खेलमा इजरायलविरुद्ध ४-२ को सहज जित निकाल्यो । हङ्गेरीको नाग्येर्देई रंगशालामा भएको खेलमा नर्वेलाई जित दिलाउन डेभिड मोलर उल्फ, अलेक्जेन्डर सोर्लोथ, क्रिस्टोफर अजर र एर्लिङ हालान्डले गोल गरे । इजरायलका लागि मोहम्मद अबु फानी र डोर […]

March 26, 2025

इरान विश्व कपका लागि छनोट

एजेन्सी – इरान फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । उज्वेकिस्तानसँग मंगलवार २–२ गोलको बराबरी खेल्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।घरेलु मैदानमा भएको खेलमा इरानका लागि मेहदी तारेमीले २ गोल गरे । उज्वेकिस्तानका लागि भने खोजिमत एर्किनोभ र एब्बोस्बेक फेजुलेभले गोल गरे । खेलमा सुरुवाती अग्रता उज्वेकिस्तानले बनाएको थियो । १६औं […]

March 26, 2025

अर्जेन्टिना विश्व कपका लागि छनोट, ब्राजिलको हार

एजेन्सी – अर्जेन्टिना फिफा विश्वकप २०२६ को लागि छनोट भएको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिनाको विश्व कप यात्रा पक्का भएको हो । छनोट निश्चित भइसकेपछिको बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले हरायो । घरेलु मैदानमा अर्जेन्टिना एकतर्फी जित दिलाउन जुलियन […]

Success

Thank you for your time.