default_image

3 years ago

June 29, 2022

एन्फाको नयाँ कार्यसमितिलाई प्रधानमन्त्री देउवा र पुर्व प्रधानमन्त्री प्रचण्डको बधाईं

231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री शेर बहादुर देउवासँगै पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले अखिल नेपाल फुटबल संघ (एन्फा) को नव निर्वाचित कार्यसमितिलाई बधाईं दिएका छन् ।

प्रधानमन्त्री देउवाले बुधबार सरकारी निवास बालुवाटारमा बोलाएर एन्फाको नव निर्वाचित कमिटिलाई बधाई दिएका हुन् । बधाईं कार्यक्रममा प्रधानमन्त्री देउवाले देशमा फुटबल विकासको लासग सरकारले सहयोग गर्ने आश्वासन दिए । प्रधानमन्त्री देउवाले खेलको विकासको लासग मिलेर काम गर्दा सरकार सधैं साथमा रहने थपे ।

यस्तै पूर्व प्रधानमन्त्री प्रचण्डले एन्फाको नव निर्वाचित कार्यसमितिलाई खुमलटारस्थित आफ्नै निवासमा बधाईं दिएका छन् । प्रचण्डले नव निर्वाचित कार्यसमितिलाई बधाईं दिदै फुटबलको विकासको लागि रचनात्मक भुमिका खेल्न पाउँदा खुशी हुने बताएका छन् । ‘तपाईंको कार्यकालमा निर्वाचित सबैलाई हार्दिक शुभकामना र मेरो पूर्ण सहयोगको आश्वासन छ । म पनि खेलको विकासको लागि आफ्नो क्षमताले भएको सक्दो गर्नेछु ।’ प्रचण्डले भने ।

गत ६ असारमा भएको एन्फाको २१औं चुनावी साधरणसभाबाट अध्यक्षमा पंकज विक्रम नेम्वाङ र वरिष्ट उपाध्यक्षमा वीर बहादुर खड्का निर्वाचित भएका थिए । उपाध्यक्षमा दावा लामा, विराटजंग शाही, दीपक खतिवडा र दीर्घ बहादुर केसी (कुमार) निर्वाचित भएका थिए ।

कार्यसमतिको महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका छन् । सदस्यमा मनिष जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यन्जनकार, मनिराज विष्ट, टीकाराम लामा र भरत बुढ थापा निर्वाचित भएका छन् ।

अब दुई सदस्य निर्वाचित हुन बाँकी छ । सदस्यहरुको चार प्रत्यासीको समान मत पाएपछि बाँकी दुई सदस्यको लागि अर्काे निर्वाचन हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.