default_image

3 years ago

June 30, 2022

चेल्सीका लुकाकु इन्टरमा अनुबन्धित

233 views

0 Bookmark

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकु इंग्लिस क्लब चेल्सी गएको एक वर्षपछि नै इटालियन क्लब इन्टर मिलानमा फर्किएका छन् । उनी एक सिजनका लागि लोनमा इन्टर फर्किएका हुन् ।

चेल्सीले गत समरमा २९ वर्षीय लुकाकुका लागि इन्टरलाई क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । तर, लुकाकुले क्रिसमस अघि उनले आफु चेल्सीमा खुशी नरहेको र इटालियन क्लबमा फर्कने आशय व्यक्त गरेका थिए ।

इन्टरले लुकाकुका लागि करिव ८० मिलियन युरो लोन शुल्क तिर्न सहमत भएको छ । जसले इन्टरलाई २०२०–२१ म सिरी ए जिताउन मद्दत गरेको थियो । बेल्जियन फरवार्ड लुकाकुले गत सिजन सबै प्रतियोगितामा १५ गोल गरेका थिए । उनले पहिलो रोजाईमा पर्न निकै संघर्ष गर्नुपरेको थियो ।

लुकाकुले इन्टर फर्कन आफ्नो शुल्क कटौती गर्न सहमत भएको बुझिएको छ । क्लबको आर्थिक अवस्थाले उनलाई इन्टरले किन्न सम्भावना न्युन रहेको थियो । इन्टरका अध्यक्ष स्टिभन झाङसँगको गत साताको भेटपछि लुकाकु इन्टर फर्कन सहमत भएको हो । त्यसपछि लुकाकुले इन्टरको ट्वीटर पेजको एक भिडियोमा भनेका छन्, ‘म फर्किएँ बेबी’ ‘म धेरै खुशी छु ।’ झाङले थपे, ‘विग बोस फिर्ता भएको छ । यो डे जाभु जस्तै छ, यहाँ फेरि आउँदैछ ।’

‘घर आएजस्तै’
इन्टर टिभीसँगको एक अन्तर्वार्तामा लुकाकुले यो ‘घर फर्के जस्तो’ भएको र उनी आफेनो नयाँ प्रशिक्षक सिमाने इन्जाघीसँग गत सिजनदेखि नै सम्पर्कमा रहेको बताए । ‘इन्टरले मलाई धेरै दिएको छ र म अब पहिले भन्दा अझ राम्रो गर्ने आशा गर्छु, इटालीमा आफ्नो पहिलो स्पेलमा ९५ खेलमा ६४ गोल गरेका फरवार्डले भने, ‘मैले इंग्ल्याण्ड गएको बेला मेरो घर पनि छोडेको छैन, जसले म यहाँ फर्केर कति खुसी छु भनेर देखाउँछ ।’

आफूलाई फर्कन कुन कुराले विश्वस्त बनायो भनी सोध्दा लुकाकुले थपेः ‘प्रशंसक र मेरो टोलीका साथीहरूको स्नेह, तर प्रशिक्षकसँग काम गर्ने अवसर पनि । म गत सिजन उहाँसँग सम्पर्कमा रहें ।’ सन् २०१४ मा २८ मिलियन पाउण्डमा चेल्सी छाडेका लुकाकु पाँच वर्षको सम्झौतामा गत समरमा स्टामफोर्ड ब्रिजमा फर्किएका थिए ।

तर चोट र बिमारीको साथ स्पेल आउट भएपछि, उनी प्रारम्भिक लाइन–अपबाट बाहिरिएका थिए र स्काई स्पोर्ट इटालियासँगको अन्तर्वार्तामा उनले प्रबन्धक थोमस टुचेल अन्तर्गतको आफ्नो भूमिकाबाट खुसी नभएको बताए ।

ती टिप्पणीहरूका लागि माफी मागेपछि, लुकाकु चेल्सी टोलीमा फर्किए र ब्लुजको सिजन फिजिएपछि अन्तिम १५ प्रिमियर लिग खेलहरूमा तीन गोल गरे । टुचेलको टोली प्रिमियर लिगमा तेस्रो स्थानमा रह्यो, जबकि उनीहरू एफए कप र लिग कप फाइनल दुवैमा लिभरपुलसँग पेनाल्टीमा पराजित भएका थिए ।

७ वर्षपछि चेल्सी फर्किएका लुकाकुले क्लबसँग पाँच वर्षको सम्झौता गरेका थिए । २०१४ मा चेल्सी छाडेर लुकाकु एभर्टन पुगेका थिए । एभर्टनबाट २०१७ सम्ममा उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए ।

सन् २०१७ मा म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका लुकाकुले ओल्ड ट्राफोर्ड बसाईमा ९६ खेल खेल्दै ४२ गोल गरेका थिए । युनाईटेडपछि लुकाकु सन् २०१९ मा इन्टर मिलानमा अनुबन्धित भएका थिए ।

लुकाकुले गत सिजन चेल्सीका लागि कुल १५ गोल गरेका थिए । यस्तै २६ प्रिमियर लिगमा ८ गोल गरेका थिए । उनले चेल्सीमा सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन् ।

इन्टर गत शहरी प्रतिद्धन्द्धी एसी मिलानसँग २ अंकले पछि रहँदै सिरी एमा दोस्रो स्थानमा थियो । इन्टरले युभेन्टसका फरवार्ड पाउलो डिबालासँग पनि कुराकानी गरिरहेका छन् । अर्जेन्टिनी फरवार्ड २८ वर्षीय डिबाला यो महिनाको अन्त्यसँगै फ्रि एजेन्ट हुनेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.