default_image

3 years ago

July 1, 2022

बार्सिलोनाका पूर्व प्रशिक्षक बिल्वाओले सम्हाल्ने

134 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पूर्व प्रशिक्षक अर्नेस्टो भाल्भेर्डे पुनः एथलेटिको बिल्वाओको मुख्य प्रशिक्षक बनेका छन् ।

भाल्भेर्डेले क्लबको मुख्य प्रशिक्षण सम्हाल्ने बिल्वाओले पुष्टि गरेको छ । भाल्भेर्डे तेस्रो पटक बिल्बाओको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

सन् १९९० देखि १९९६ सम्म बिल्बाओबाट व्यवसायिक फुटबल पनि खेलेका भाल्भेर्डेले यसअघि सन् २००३ देखि २००५ सम्म र त्यसपछि २०१३ देखि २०१७ सम्म बिल्बाओको प्रशिक्षण सम्हालेका थिए ।

भाल्भेर्डे बिल्बाओको इतिहासमा सबैभन्दा धेरै खेलसम्म टिमको प्रशिक्षण सम्हाल्ने प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा बिल्बाओले तीन सय ६ खेल खेलेको छ ।

भाल्भेर्डेको प्रशिक्षणमा बिल्वाओले २०१५–१६ को सिजनमा स्पेनिस सुपर कोपाको उपाधि जितेका थिए । त्यसपछि भाल्भेर्डे २०१७ मा बार्सिलोनाको मुख्य प्रशिक्षक बनेका थिए ।

बार्सिलोनाबाट भाल्भेर्डेले दुई पटक ला लिगा र एक कोपा डेल रेको उपाधि जिताएका थिए । २०१८ को च्याम्पियन्स लिगमा असफल भएपछि बार्सिलोनाले उनलाई सन् २०१९ मा बर्खास्त गरेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.