default_image

3 years ago

July 1, 2022

घले यू–२० फुटबल टिमको व्यवस्थापक

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दिवाकर घले गुरुङ यू–२० राष्ट्रिय फुटबल टोलीको टिम व्यवस्थापकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटका लागि महाबिर क्लबका अध्यक्ष रहेका घलेलाई टिम व्यवस्थापकमा नियुक्त गरिएको जनाएको छ ।

साफ यू–२० च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले जुलाई २५ मा माल्दिभ्ससँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । त्यसपछि नेपालले २७ जुलाईमा श्रीलंका, ३१ जुलाईमा भारत तथा २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ । सबै खेलहरु भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने छ ।

त्यस्तै बहराइनमा हुने एएफसी यू–२० छनोटमा समूह ‘बी’ मा रहेको नेपालले आयोजक बहराइनसँगै कतार, भुटान र बंगालादेशसँग खेल्नेछ । समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ ।

नेपालले १० सेप्टेम्वरमा भुटान, १२ सेप्टेम्बरमा कतार, १४ सेप्टेम्वरमा बहराइन र १८ सेप्टेम्बरमा बंगलादेशसँग खेल्नेछ । समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।

साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० छनोटका लागि प्रारम्भिक चरणमा ४० खेलाडीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गरिरहेको छ । टोलीको प्रशिक्षकमा मेघराज केसी रहेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.