default_image

2 years ago

July 1, 2022

साफ च्याम्पियनसिप भदौमा गर्न प्रस्ताव

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिप भदौमा नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको छ ।

एन्फाका महासचिव किरण राईले शुक्रबार बंगलादेशको ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हक हेलालसँगको भेटमा महिला साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको बताइएको छ ।

महासचिव हेलालले प्रस्तावित मितिमा साफ सकारात्मक रहेको बताएको एन्फाले जनाएको छ । एन्फाले शनिबार हुने साफको कंग्रेसमा महिला साफ आयोजनाका लागि औपचारिक प्रस्ताव पेश गर्ने भएको छ ।

साफको कंग्रेसले अनुमोदन गरेमा महिला साफ नेपालमा आयोजना हुनेछ । नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ विराटनगरमा आयोजना गरेको थियो । जसमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

साफ कंग्रेसमा सहभागी हुन महासचिव राईको नेतृत्वमा तीन सदस्यीय टोली बिहीबार ढाका प्रस्थान गरेको थियो । एन्फा सदस्य विकास नारायण श्रेष्ठ र न्यूरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी सहभागी छन् ।

June 16, 2024

स्पेन र इटालीको जित

एजेन्सी – युरो कप २०२४ को समूह ‘बी’ मा स्पेन र इटाली विजयी भएका छन् । शनिबार भएका दुई अलग खेलमा स्पेन र इटलीले जित हासिल गरेका हुन् । स्पेनले बलियो मानिएको क्रोएसिया लाई ३-० को सहज अन्तरले हरायो । पहिलो हाफमा नै ३ गोल गरेपछि क्रोएसिया खेलमा फर्कन सकेन । २९औं मिनेटमा कप्तान अल्भारो […]

June 15, 2024

स्विट्जरल्यान्डको विजयी सुरुवात

एजेन्सी – स्विट्जरल्यान्डले युरो कप २०२४ मा विजयी सुरुवात गरेको छ । शनिबार साँझ भएको पहिलो खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३-१ ले पराजित गरेको हो । खेलको १२औं मिनेटमा नै क्वाडवो डुवाहले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । माइकल एविसरले दिएको थ्रु-पासमा बक्स भित्रबाट उनले राम्रो फिनिश गरेका थिए । ४५औं मिनेटमा एविसरले गोल गर्दै […]

June 15, 2024

जर्मनीको सानदार सुरुवात

एजेन्सी – उपाधि दावेदार तथा आयोजक जर्मनीले युरो कप २०२४ को सानदार सुरुवात गरेको छ । स्कटल्यान्डलाई ५–१ ले पराजित गर्दै जर्मनीले सानदार सुरुवात गरेको हो । सबै छ गोल जर्मनीका खेलाडीले गरेका थिए । १० खेलाडीमा समेटिएको स्कटल्यान्डविरुद्ध जर्मनीको सानदार जितमा पाँच खेलाडी फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भटज, निकलस फुलक्रग र एम्री क्यानले […]

Success

Thank you for your time.