default_image

2 years ago

July 1, 2022

ब्राजिली रिचार्लीसन टोटेनहममा अनुबन्धित

70 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड रिचार्लीसन इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्धित भएका छन् । टोटेनहमले रिचार्लीसनलाई ६० मिलियन पाउन्डमा अर्काे प्रिमियर लिग क्लब एभर्टनबाट अनुबन्धित गरेको हो ।

टोटेनहमले २५ वर्षीय फरवार्डलाई ५ वर्षको लागि क्लबमा अनुबन्धित गरेको हो । उनी अब सन् २०२७ सम्म क्लबमा रहनेछ । एभर्टनले विज्ञप्ति जारी गर्दै रिचार्लीसनलाई क्लबसँगको आफ्नो सेवा, समय र प्रतिबद्धताको लागि धन्यवाद व्यक्त गरेका छन् ।

गत सिजन एभर्टनलाई रेलिगेसनबाट बचाउन रिचार्लीसनको भुमिका महत्वपूर्ण रहेको थियो । उनले गत सिजन टोटेनहमका लागि १० गोल गर्दा ५ असिस्ट दिएका थिए ।

रिचार्लीसन २०१८ जुलाईमा वाट्फोर्डबाट टोटेनहम पुगेका थिए । उनले टोटेनहमका लागि १३५ खेलमा ४३ गोल गरेका छन् । रिचार्लीसन २०१७ मा ब्राजिली क्लब फ्लुमिनेन्सबाट ११.५ मिलियन पाउन्डमा वाट्फोर्ड पुगेका थिए । त्यसको एक सिजन पछि नै उनी एभर्टन पुगेका थिए ।

रिचार्लीसनले मर्सिसाइड क्लबमा सुरुवाती दुई सिजन एभर्टनमा शीर्ष गोलकर्ता रहेका थिए । रिचार्लीसनले २०१८ सेप्टेम्वरमा अमेरिकाविरुद्ध खेल्दै ब्राजिलबाट डेब्यु गरेका थिए । उनले ब्राजिलका लागि ३६ खेलमा १४ गोल गरेका छन् ।

उनी ब्राजिलले सन् २०१९ मा कोपा अमेरिका कप जित्दा टोलीका सदस्य रहेका थिए । उनले फाइनलमा गोल गर्न सफल भएका थिए । उनी ब्राजिलले २०२० को टोकियो ओलम्पिकमा स्वर्ण जित्दा ५ गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए ।

टोटेनहमले गोलरक्षक फ्रेजर फोस्टर, इभान पेरिसस र यवेस बिसौमालाई यसअघि नै फ्रि ट्रान्सफरमा सम्झौता गरिसकेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.