default_image

2 years ago

July 1, 2022

सलाहद्धारा लिभरपुलमा सम्झौता नविकरण

एजेन्सी – इजिप्टका मोहम्मद सलाहले इंग्लिस क्लब लिभरपुलसँग नयाँ दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरेर आफ्नो भविष्य बारेको अनुमानको अन्त्य गरेका छन् । फरवार्ड मोहम्मद सलाहको लिभरपुलमा सम्झौता एक वर्ष मात्रै बाँकी थियो । उनी २०२२–२३ को सिजनपछि फ्रि एजेन्ट बन्ने थियो । तर, ३० वर्षीय सलाहले एनफिल्डमा आफ्नो बसाई लम्ब्याउन सहमत भएको हो । उनले लिभरपुलमा […]

89 views

0 Bookmark

एजेन्सी – इजिप्टका मोहम्मद सलाहले इंग्लिस क्लब लिभरपुलसँग नयाँ दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरेर आफ्नो भविष्य बारेको अनुमानको अन्त्य गरेका छन् ।

फरवार्ड मोहम्मद सलाहको लिभरपुलमा सम्झौता एक वर्ष मात्रै बाँकी थियो । उनी २०२२–२३ को सिजनपछि फ्रि एजेन्ट बन्ने थियो । तर, ३० वर्षीय सलाहले एनफिल्डमा आफ्नो बसाई लम्ब्याउन सहमत भएको हो ।

उनले लिभरपुलमा थप ३ वर्षको सम्झौता नविकरण गरेका हुन् । सलाहले एनफिल्डमा ५ वर्षको बसाईमा २५४ खेलमा १५६ गोल गरेका छन् । उनी इटालियन क्लब रोमाबाट लिभरपुल आएका थिए ।

‘मलाई राम्रो लाग्छ र म क्लबसँग ट्रफी जित्न पाउँदा उत्साहित छु । यो सबैका लागि खुसीको दिन हो । हामी सबै कुराको लागि लड्न राम्रो स्थितिमा छौं ।’ सलाहले भने । सलाहले एनफिल्डमा रहँदा च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप, फिफा क्लब विश्वकप र यूईएफए सुपर कप जितेका छन् ।

उनले तीन प्रिमियर लिगसँगै तीन गोल्डेन बुट पनि जितेका छन् । योर्गेन क्लोपको प्रशिक्षणमा उनी दुई पटक पीएफए वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । आफ्नो सहयात्री साडियो माने जर्मन क्लब बायर्न म्युनिख पुगेपछि सलाहलाई क्लबमै सम्झौता नविकरण गर्न दवाव बढेको थियो । लिभरपुलले मानेको विकल्पमा उरुग्वेली फरवार्ड डाविैन नुनेजलाई पोर्चुगिज क्लब बेन्फिकाबाट ६४ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेका छन् ।

लिभरपुलले यस सिजन एफए कप र काराबाओ कप जित्यो । सिजनको अन्तिम सातासम्म चार उपाधिको संघारमा रहेको लिभरपुल प्रिमियर लिगमा अन्तिम समयमा म्यानचेस्टर सिटीसँग तथा च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडसँग पराजित भयो ।

‘मलाई लाग्छ, नवीकरण गर्न थोरै समय लाग्छ, तर अब सबै कुरा सकिएको छ त्यसैले हामीले अब के हुन्छ भन्नेमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।’ सलाहले भने, ‘मलाई लाग्छ कि तपाईले पछिल्लो पाँच वा छ वर्षमा टोली सधैं माथि गइरहेको देख्न सक्नुहुन्छ । गत सिजन हामी चार उपाधि जित्ने नजिक थियौं, तर दुर्भाग्यवश सिजनको अन्तिम हप्तामा हामीले दुई ट्रफी गुमायौं । अब हामीसँग नयाँ खेलाडी आएका छन् । राम्रो सोचौं, सबै राम्रो हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.