3 years ago
July 2, 2022
एजेन्सी – युरोपेली च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडका पाँच खेलाडीले मार्काको सिजनको उत्कृष्ट ११ मा स्थान बनाएका छन् ।

अग्रपङ्तिका करिम बेन्जेमासँगै भिनिसियस जुनियर, मिडफिल्डमा लुका मोड्रिच, डिफेन्समा डेभिड अलाबा तथा गोलरक्षक थिवाउट कोर्टुवा परेका हुन् । निर्णायक मन्डलमा ७१ जना सदस्य रहेको टोलीले मतदानमार्फत १ सय खेलाडीका उत्कृष्ट ११ को छनोट गरेको हो ।
पाँच प्रमुख युरोपेली लिगमा सहभागी हुने टोलीले सबैभन्दा धेरै प्रयोग गर्ने ४–३–३ को फर्मेसनमा रहेको टोलीमा च्याम्पियन्स लिग विजेता रियल म्याड्रिडबाट ५ र उपविजेता लिभरपुल र म्यानचेस्टर सिटीबाट समान ३ खेलाडी परेका छन् ।
च्याम्पियन्स लिगको फाइनलमा दुई टोलीबीचको प्रतिस्पर्धा हेर्दा ११ मध्ये ८ खेलाडीले उत्कृष्ट ११ मा स्थान बनाउनु आश्चर्यको कुरा होइन । यस्तै म्यानचेस्टर सिटीबाट पनि तीन खेलाडी उत्कृष्ट ११ को सुचीमा रहेका छन् ।
गोलरक्षकमा कोर्टुवा अपवाद बने । डिफेन्समा लिभरपुलका आर्नाेल्ड र भान डाइक, रियलका अलाबा र सिटीका क्यान्सेलोले स्थान बनाए । अलाबाले आफ्नै सहयात्री इडर मिलिसाओलाई पछि पारेका हुन् ।
मिडफिल्डमा लुका मोड्रिचसँगै पेप ग्वार्डिओलाका दुई खेलाडी केभिन डि ब्रुएना र रोड्री रहेका छन् । रियलका फेडरिको भाल्भेर्डे वरीयतामा रोड्रीसँग पछि परे । अग्रपङ्तिमा बेन्जेमा र भिनिलाई समावेश गर्नमा कुनै शंका छैन । अग्रपङ्तिमा लिभरपुलका सलाहले स्थान बनाएका छन् ।
फ्रान्सेली क्लब पिएसजीले केलियन एमबाप्पेले सलाहले भन्दा धेरै मत ल्याएपनि पिएसजी प्रि–क्वाटरफाइनलबाटै बाहिरिएका कारण उनी पछि परे ।
उत्कृष्ट ११
कोर्टुवा (रियल म्याड्रिड), अलेक्जेन्डर अर्नाेल्ड (लिभरपुल), भर्जिल भान डाइक (लिभरपुल), डेभिड अलाबा (रियल म्याड्रिड), जोओ क्यान्सेलो (म्यानचेस्टर सिटी), रोड्री (म्यानचेस्टर सिटी), केभिन डि ब्रुएना (म्यानचेस्टर सिटी), लुका मोड्रिच (रियल म्याड्रिड), मोहम्मद सलाह (लिभरपुल), भिनिसियस जुनियर (रियल म्याड्रिड) र करिम बेन्जेमा (रियल म्याड्रिड)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]