3 years ago
July 4, 2022
एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले अर्काे प्रिमियर लिग क्लब लिड्स युनाइटेडका मिडफिल्डर काल्भिन फिलिप्सलाई अनुबन्ध गरेको छ ।

सिटीले मिडफिल्डर फिलिप्सलाई ४५ मिलियन पाउन्डमा ६ वर्षको लासग अनुबन्ध गरेको हो । अब २६ वर्षीय फिलिप्स सन् २०२८ सम्म इतिहाद स्टेडियममा रहनेछन् । एलान्ड रोडमा आठ सिजनमा २३५ खेल खेलेका फिलिप्सको लिड्ससँग अझै दुई वर्ष सम्झौता बाँकी रहेपनि उनले सिटी रोजेका हुन् ।
इंग्ल्यान्डका मिडफिल्डर फिलिप्स यो समरमा सिटीमा अनुबन्धित हुने तेस्रो खेलाडी हुन् । यसअघि सिटीले नर्वेजियन एर्लिङ ब्राउट हालान्ड र स्टेफान ओर्टाेका मोरेनोलाई अनुबन्ध गरिसकेको छ ।
‘म्यानचेस्टर सिटीमा आबद्ध हुन पाउँदा म एकदमै खुसी छु । सिटी फेरि देशकै उत्कृष्ट टोली हो ।’ सिटीमा अनुबन्ध भएपछि फिलिप्सले भने, ‘पेप ग्वार्डिओला एक अद्भुत व्यवस्थापक हुन् । जसलाई विश्वको उत्कृष्ट मानिन्छ । पेपको नेतृत्वमा खेल्न पाउनु, उनी र उनको कोचिङ स्टाफबाट सिक्नुका साथै यस्तो उत्कृष्ट टोलीको हिस्सा बन्न पाउनु भनेको म अविश्वसनीय रूपमा उत्साहित छु ।’ सिटीका फुटबल निर्देशक टक्सीकी बेगिरिस्टेनले प्रतिभावान् फिलिप्स आफ्नो टोलीमा थप उत्कृष्ट हुने बताएका छन् ।

सिटीमा अनुबन्ध भएसँगै फिलिप्सले लिड्स, लिड्सका समर्थक र प्रशिक्षक मार्सेलो बिएल्साको विशेष प्रशंसा गर्दै लिड्सले आफुलाई सबै थोक दिएको बताएका छन् ।
‘म एक विशेष व्यक्ति मार्सेलोको उल्लेख नगरी लिड्सको उल्लेख गर्न सक्दिन ।’ फिलिप्सले लेखे, ‘मैले भेटेको सबैभन्दा उत्कृष्ट प्रबन्धक, उहाँ क्लबलाई जीवन दिने व्यक्ति हुनुहुन्छ, उहाँले खेलाडीहरू र क्लबमा संलग्न सबैलाई विश्वास दिनुभयो कि हामी १६ वर्षपछि प्रिमियर लिगमा फर्कियौं ।’
तिमीले क्लबलाई सबै कुरा मात्र दिएनौ तर मलाई आज मैदानमा र मैदानबाहिर रहेको व्यक्ति बन्नको लागि आवश्यक सबै कुरा पनि दिनुभयो । नयाँ प्रबन्धक जेसी मार्श पनि अविश्वसनीय र राम्रो व्यक्ति भने लेखेका छन् ।

फिलिप्सले सेप्टेम्बर २०२० मा इंग्ल्यान्डका लागि डेब्यू गरे । एक वर्ष ढिला गरि भएको युरो २०२० मा सबै खेल खेलेका उनी इंग्ल्याण्डको वर्षको पुरुष खेलाडी घोषित भएका थिए ।
लिड्सका पुर्व प्रशिक्षक मार्सेलो बिएल्साको नेतृत्वमा एक प्रमुख खेलाडी बनेका फिलिप्सले २०१९–२० को सिजनमा च्याम्पियनसिपमा ३७ खेल खेल्दा लिड्सलाई १६ वर्षपछि प्रिमियर लिगमा बढुवा गराउन महत्वपूर्ण भुमिका निभाएको थियो । गत सिजन ह्यामस्ट्रिङ चोटका कारण उनले केवल २० लिग खेल खेले ।
यस्तै लिड्सले सिटीका युवा खेलाडी डार्को ग्याबीलाई चार वर्षको सम्झौतामा अनुबन्ध गरेको छ । १८ वर्षीय सेन्ट्रल मिडफिल्डरले २०१८ मा मिलवालको एकेडेमीमा सिटी पुगेका थिए । सिटीको युथ टोलीलाई २०२०–२१ को प्रिमियर लिगको नर्थ टाइटलको उपाधि जिताएका थिए ।
उनले गत सिजन सिटीको यु–२३ टोलीबाट १० खेल खेल्दै एक गोल गरेका छन् ।इंग्ल्यान्डको युथ टोलीबाट १२ क्याप जितेका ग्यावी लिड्समा ब्रेन्डन आरोनसन, रस्मस क्रिस्टेनसेन र मार्क रोकापछि अनुबन्ध हुने चौथो खेलाडी बनेका छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]