default_image

3 years ago

July 5, 2022

कप्तान रेनुका १२ साता मैदानबाहिर, साफ च्याम्पियनसिप गुमाउने

259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली तथा विभागीय नेपाल एपीएफ क्लबकी कप्तान रेनुका नगरकोटे करिव १२ साता मैदान बाहिर रहने भएकी छिन् ।

अनिश्चित रहेको एसियन गेम्सको प्रशिक्षण दौरान रेनुकाले सोमबार चोट बोकेकी थिइन् । सोमबार नै उनको ललितपुरको ग्वार्कोस्थित बि एन्ड बी अस्पतालमा डा. अमित जोशीको टोलीले सोमबार उनको सफल शल्यक्रिया गरेको हो ।

शल्यक्रिया सफल भएको र कुनै समस्या नआएमा रेनुकालाई मैदान फर्कन करिव ३ महिना लाग्ने अस्पतालले जनाएको छ ।
प्रशिक्षण दौरान सरस्वती ऐरको ट्याकलमा पर्दा सन्तुलन गुमाउँदै मैदानमा लडेकी रेनुकाको शरीरको बायाँ भागको क्लाभिकल (कलरबोन अर्थात घाँटीमुनिको हड्डी) फ्याक्चर भएको थियो ।

बुधबार डिस्चार्ज गरिने सम्भावना रहेको अस्पतालले जनाएको छ । १२ साता मैदान बाहिर रहने भएपछि रेनुकाले घरेलु मैदानमा भदौंमा आयोजना हुने भनिएको महिला साफ च्याम्पियनसिप गुमाउने भएकी छिन् । साफ भदौ १३ गतेदेखि २५ गतेसम्म हुने तय भएको छ । मैदान भने तय भइसकेको छैन ।

सन् २०१० देखि महिला राष्ट्रिय टोलीकी नियमित सदस्य रहँदै आएकी रेनुका नियमित कप्तान निरु थापाले सन्न्यासको घोषणा गरेपछि उनी टोलीको कप्तान बनेकी थिइन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.