default_image

3 years ago

July 6, 2022

डच डिफेन्डर म्यानचेस्टरमा अनुबन्धित

217 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डच क्लब फेयनुर्डबाट फुलब्याक टायरेल मलासियालाई चार वर्षको लागि अनुबन्धित गरेको छ ।

इुनाइटेडले अर्को वर्षको विकल्पसहित मलासियालाई १५ मिलियन युरोमा सन् २०२६ सम्मको लागि क्लबमा अनुबन्ध गरेको हो ।
फेयनुर्डका लागि १३६ खेल खेलेका नेदरल्याण्ड्सका २२ वर्षीय मलासिया एरिक टेन ह्याग आयाक्सबाट युनाइटेडको प्रशिक्षक बनेपछि पहिलो अनुबन्ध हो ।

‘यहाँ सामेल हुनु एक अविश्वसनीय अनुभूति हो ।’ मलासियाले भने, ‘यो मेरो लागि नयाँ अध्याय हो, नयाँ टोलीका साथीहरूसँगको नयाँ लिग र हामीलाई नेतृत्व गर्ने उत्कृष्ट व्यवस्थापक छन् ।’

‘मलाई डच लिगमा उनको टोलीविरुद्ध खेल्दा उनीसँग भएका गुणहरू र उनी आफ्ना खेलाडीहरूबाट के माग्छन् सबै थाहा छ ।’ मलासियाले थपे, ‘जब मलाई थाहा छ कि म अझै जवान छु र विकास गर्न जारी राख्नेछु, म युनाइटेड प्रशंसकहरूलाई वाचा गर्न सक्छु कि म युनाइटेडको रातो जर्सीमा सबै कुरा मैदानमा छोड्नेछु ।’

लेफ्ट ब्याक मलासियायुनाइटेड प्रवेश गर्नुअघि फ्रान्सेली क्लब लियोनसँग वार्तामा थिए । युनाइटेडले उनलाई सोमबार सार्वजनिक गर्ने बताएपनि केही कागजी प्रक्रियाका कारण ढिला भएको थियो । उनी अब युनाइटेड टोलीको हिस्सा हुनेछन् । युनाइटेड शुक्रवार थाइल्याण्ड र अष्ट्रेलियाको प्रि–सिजन यात्राको लागि प्रस्थान गर्नेछ।

युनाइटेडका फुटबल निर्देशक जोन मुर्टोफले टायरेल एक रोमाञ्चक, गतिशील युवा फुटबलर रहेको बताए । ‘उमेरसँगै उनीसँग उत्कृष्ट अनुभव छ, डच लिगमा पाँच सिजनमा उनको प्रदशएन उत्कृष्ट छ ।’ जोन मुर्टोफले भने, ‘हामी आगामी वर्षहरूमा एरिक टेन ह्याग र उनको कोचिङ टोलीको निर्देशनमा विकास गर्न जारी रहेको हेर्नको लागि उत्सुक छौं ।’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.