3 years ago
July 7, 2022
एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका इंग्लिस फरवार्ड रहिम स्टर्लिङ अर्काे प्रिमियर लिग चेल्सीमा जाने पक्का भएको छ ।

सिटीका २७ वर्षीय फरवार्ड रहिमले चेल्सीसँग व्यक्तिगत सम्झौता गरिसकेको र क्लबले केही दिनमा आधिकारिक रुपमा सार्वजनिक गर्ने बताइएको छ ।
रहिमलाई अनुबन्ध गर्न चेल्सीसँगै युरोपका ठुला बार्सिलोना, रियल म्याड्रिड र बायर्न म्युनिख लगायतका क्लबले चासो देखाएका थिए । यदि यो सम्झौता पुरा भएमा इंग्ल्यान्डका लागि ७७ क्याप जितिसकेका स्टर्लिङ नयाँ मालिक टोड बोहलीको नेतृत्वमा यो समरमा चेल्सीको पहिलो मुख्य सम्झौता हुनेछ ।
चेल्सीले प्रि सिजनका लागि अमेरिका भ्रमणमा जानुअघि नै सम्झौता गरिसक्ने बुझिएको छ । त्यसपछि उनी टोलीसँगै अमेरिका भ्रमणमा सामेल हुनेछन् । सिटीले पनि स्टर्लिङलाई क्लबमै राख्न चाहेपनि स्टर्लिङले नयाँ चुनौती चाहिरहेका छन् । चेल्सीका प्रशिक्षक थोमस टुचेल पनि स्टर्लिङबाट प्रभावित छन् ।
म्यानचेस्टर युनाइटेडका खेलाडीहरुबाहेक जोन टेरी र फर्नान्डिन्होसँगै उनी चार प्रिमियर लिग जित्ने खेलाडी हुन् । तर रहिमले च्याम्पियन्स लिग जित्न सकेका छैन । रोमेलु लुकाकु एक सिजनका लागि लोनमा इन्टर मिलान फर्किएपछि प्रशिक्षक टुचेलले आफ्नो फरवार्ड लाइनलाई बलियो बनाउन चाहिरहेको छ ।
लुकाकुले गत सिजन चेल्सीका लागि सबै प्रतियोगितामा १५ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए । काई हाभर्टज (१४) र मेसन माउन्ट (१३) गोल गरेका थिए । पेप ग्वार्डिओला सन् २०१६ मा सिटीको प्रशिक्षक बनेयता, रहिम सिटीको दोस्रो सर्वाधिक गोलकर्ता हुन् । सर्जियो अगुएरोले १२४ गोल गर्दा रहिमले १२० गोल गरेका थिए ।
सिटीले गत सिजन प्रिमियर लिगको उपाधि जित्दा स्टर्लिङले गत प्रिमियर लिगको ३० खेलमा १३ गोल गरेका थिए । सिटीमा सात सिजन बिताउँदा उनले चार प्रिमियर लिगसँगै ९ उपाधि जितेका छन् ।
गत सिजन ज्याक ग्रेलिस र यो सिजन एर्लिङ ब्राउट हालान्ड र जुलियन अल्भारेजलाई अनुबन्ध गरेपछि रहिमले सिटी छोड्ने मनासय बनाएका थिए । च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिडसँगको हार र एस्टन भिल्लासँगको फाइनल खेलमा बेञ्चमा रहेका थिए ।
रहिम २०१५ मा प्रिमियर लिग क्लब लिभरपुलबाट ४९ मिलियन पाउन्डमा सिटीमा आबद्ध भएका थिए । सिटीका लागि रहिमले ३३९ खेलमा १३१ गोल गरेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]