default_image

3 years ago

July 8, 2022

डिफेन्डर गोमेज लिभरपुलमै रहने

151 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका डिफेन्डर जो गोमेजले क्लबमा थप पाँच वर्षको सम्झौता नविकरण गरेका छन् । २५ वर्षीय गोमेजले बिहीबार क्लबसँग थप ५ वर्षको सम्झौता नविकरण गरेका हुन् ।

यो सँगै गोमेज सन् २०२७ सम्म एनफिल्डमा रहनेछन् । सन् २०१५ मा लिभरपुल आएका गोमेजले लिभरपुलका लागि १४२ खेल खेलेका छन् । उनले घुँडाको चोट र एंकलको इन्ज्युरीसँग संघर्ष गरिरहेका छन् ।

‘म अझै जवान महसुस गर्छु र मेरो अगाडि उत्कृष्ट वर्षहरू छन् । मलाई अझै भेरै सिक्नु छ ।’ उनले भने, ‘मैले राम्रो स्थानमा यो अवसर पाइरहेको छु । मेरो प्रशिक्षक, कोचिङ स्टाफ र मेरो टोलीका साथीहरूले मलाई सहयोग गरिरहेका छन् । मैले क्लबमा राम्रो गर्न सक्ने विश्वास छ ।’

चार्लटन एथलेटिक युवा उत्पादनले लिभरपुललाई च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, काराबाओ कप, युईएफए सुपर कप र फिफा क्लब विश्व कप जिताउन मद्दत गरेको छ । गत सिजन चोटसँग संघर्ष गरिरहेका गोमेजले २१ खेलमा अवसर पाएका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.