3 years ago
July 8, 2022
एजेन्सी – इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो प्रि सिजन टुर अन्तर्गत थाइल्याण्ड भ्रमणमा नजाने भएका छन् ।

युनाइटेड छाड्ने चर्चा चलिरहेका बेला उनी पारिवारिक कारण देखाउँदै टोलीसँगको थाइल्यान्ड भ्रमणमा उपस्थित नहुने बताइएको छ । युनाइटेडले पनि उनलाई थप केही समय बिदा दिएको छ ।
युनाइटेड शुक्रबार बैंकक प्रस्थान गर्दैछ । युनाइटेडले रोनाल्डोलाई आफ्नो टोलीको हिस्साको रूपमा हेरिरहेको र उनलाई बेच्न कुनै चासो राखेको छैन । ३७ वर्षीय पोर्चुगिज फरवार्ड रोनाल्डोले क्लबले उपयुक्त प्रस्ताव प्राप्त गरे युनाइटेड छाड्न चाहेको बताएका छन् ।
युनाइटेडले अष्ट्रेलिया जानुअघि मंगलबार थाइल्याण्डमा प्रिमियर लिग प्रतिद्धन्द्धी लिभरपुलसँग खेल्दैछ । रोनाल्डोले प्रि सिजन टुर अन्तरगत नै अष्ट्रेलिया भ्रमणको पनि टुंगो लागेको छैन ।
रोनाल्डो गत सिजन युनाईटेडको सर्वाधिक गोलकर्ता बनेपनि टोली च्याम्पियन्स लिगलाई छनोट हुन सकेन । च्याम्पियन्स लिग खेल्ने योजनामा रहेकाले रोनाल्डोले क्लब छाड्ने मनासय बनाएका हुन् ।
उनी पछिल्लो समय इंग्लिस क्लब चेल्सीसँगै नै जोडिएका छन् । पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोको युनाईटेडसँगको सम्झौता अझै एक वर्ष बाँकी छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]