3 years ago
July 9, 2022
एजेन्सी – यसै समरमा क्लबमा भित्रिएका ब्राजिली फरवार्ड गाब्रियल जेसस चम्कदा इंग्लिस क्लब आर्सनलले प्रि–सिजनको अभ्यास खेलमा सानदार पूनरागमन जित निकालेको छ ।

२–० ले पछि परेको स्थिति उल्ट्याएर आर्सनलले जर्मनीको दोस्रो डिभिजनको नर्नवर्गमाथि ५–३ को सानदार पूनरागमन जित निकालेको हो ।
नर्नवर्गमा शुक्रबार राति भएको खेलमा आर्सनलको जितमा परिवर्तित खेलाडी जेससले दुई तथा मोहम्मद इलानेले एक गोल गर्दा दुई गोल उपहार पाएको थियो । घरेलु टोली नर्नवर्गका जोहाननेस जेइस, क्वाडो डुआ र लुकास साइमरले गोल फर्काए ।
खेलको २४औं मिनेटमा जोहाननेस जेइसको गोलबाट आर्सनल खेलमा पछि परेको थियो । २९औं मिनेटमा क्वाडो डुआले गोल गरेपछि आर्सनल पहिलो हाफमा २–० ले पछि प¥यो ।
पहिलो हाफमा पछि परेको आर्सनलले दोस्रो हाफको शुरुमै जेसससँगै गाब्रियल मार्टिनेली र मोहम्मद इलाने र गाब्रियललाई मैदान प्रवेश गराएपछि आर्सनलले उत्कृष्ट प्रदर्शन गर्दै पूनरागमन जित निकाल्न सफल भयो ।
जेससले मैदान प्रवेश गरेको दोस्रो मिनेटमै गोल गर्दै आर्सनललाई खेलमा फर्कने संकेत दिए । ५४औं मिनेटमा मोहम्मद इलानेले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा क्रिस्टोफर सिन्डलरले आत्मघाती गोल गरेपछि आर्सनलले खेलमा ३–२ को अग्रता लिन सफल भयो ।
६३औं मिनेटमा नर्नवर्गका टिम हान्डवेर्करले आत्मघाती गोल गरेपछि आसर्ननल सानदार पूनरागमन जितर्फ अघि बढ्यो । ७३औं मिनेटमा लुकास साइमरले गोल गर्दै खेललाई ४–३ को स्थितिमा ल्याए । ७५औं मिनेटमा जेससले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै आर्सनललाई सानदार पूनरागमन जित दिलाए ।
जेसस यसै समरमा अर्काे प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट आर्सनल पुगेका हुन् । उनले आर्सनलमा आफ्नो पहिलो खेलमै सानदार प्रदर्शनसहित दुई गोल गर्दै सुखद् सुरुवात गरेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]