default_image

3 years ago

July 10, 2022

पाकिस्तानले साफ च्याम्पियनसिप खेल्ने

237 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) बाट प्रतिबन्ध फुकुवा भएसँगै पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) ले आफ्नो महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरेको छ ।

योसँगै पाकिस्तानी महिला टोली ८ वर्षपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । यससँगै अब ७ राष्ट्रले महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

महिला साफ च्याम्पियनसिप आगमी भदौं १३ देखि २५ गतेसम्म नेपालमा हुने तय भइसकेको छ । चोटका कारण नेपाली राष्ट्रिय महिला टोली की कप्तान रेनुका नगरकोटीले भने घरेलु मैदानमा हुने साफ च्याम्पियसिप गुमाउने छिन् ।

तेस्रो पक्षको हस्तक्षेपका कारण पाकिस्तान फुटबल महासंघ (पीएफएफ) लाई सन् २०२१ अप्रिल ५ गते फिफाले निलम्बन गरेको थियो ।

निलम्बनअघि नेपाली महिला राष्ट्रिय टोलीका सदस्य एन्जिला तुम्बापो सुब्बा, अनिता केसी, गीता राना र सरु लिम्बूले पाकिस्तानको राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप खेलेको थियो । त्यसपछि सबै प्रतियोगिताहरु रद्ध भएको थियो र पाकिस्तान राष्ट्रिय टोली कुनैपनि प्रतियोगितामा सहभागिता जनाउन बाट वञ्चित भयो ।

सन् २०२२ जुलाई १ मा फिफाले पाकिस्तानमाथि लगाएको निलम्बन फुकुवा गरेपछि पाकिस्तानले सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने मौका पाएको हो ।

पाकिस्तानले महिला साफ च्याम्पियनसँगै आफ्नो पुरुष र महिला टोलीसँगै उमेर समूहको टोलीलाई पनि विभिन्न प्रतियोगिताहरुमा सहभागिता गराउने लक्ष्य राखेको छ । निकट भविष्यमै नियमित घरेलु गतिविधि सञ्चालन गरिने पिएफएफले जनाएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.