default_image

2 years ago

July 17, 2022

सपना साकार गर्न नेपाल आएका सुगम

उत्सव शाक्य, काठमाडौं हाल नेपाली फुटबलमा भविष्य सुनिश्चित गर्नका लागि विदेश जाने क्रम चलेको छ । घरेलु फुटबल गतिविधि संचालन नहुँदा खेलाडीहरु विदेशिने क्रम जारी रहँदा एक खेलाडी भने आफ्नो सपना पूरा गर्न परदेशबाट स्वदेश फर्केका छन् । पछिल्लो महिना मात्र राष्ट्रिय टोलीमा खेलिरहेका दर्शन गुरुङ, सन्तोष तामाङ, आशिष लामा र सुमन लामा अष्ट्रेलिया तर्फ […]

179 views

0 Bookmark

उत्सव शाक्य, काठमाडौं

हाल नेपाली फुटबलमा भविष्य सुनिश्चित गर्नका लागि विदेश जाने क्रम चलेको छ । घरेलु फुटबल गतिविधि संचालन नहुँदा खेलाडीहरु विदेशिने क्रम जारी रहँदा एक खेलाडी भने आफ्नो सपना पूरा गर्न परदेशबाट स्वदेश फर्केका छन् ।

पछिल्लो महिना मात्र राष्ट्रिय टोलीमा खेलिरहेका दर्शन गुरुङ, सन्तोष तामाङ, आशिष लामा र सुमन लामा अष्ट्रेलिया तर्फ प्रस्थान गरेका थिए । तर डेनमार्कबाट आफ्नो राष्ट्रिय टोलीबाट खेल्ने सपना पुरा गर्न युवा फुटबलर सुगम सुवाल भने हाल नेपाल आएका छन् । उनी साफ र एएफसी प्रतियोगिताका लागि तयारी गरिरहेको नेपाल यू-२० राष्ट्रिय टोलीमा प्रशिक्षणरत छन् ।

सामाजिक संजाल मार्फत राष्ट्रिय यू-२० टोलीको छनोटबारे जानकारी पाएपछि उनले नेपाल आउने सोच बनाएको बताए । ‘अखिल नेपाल फुटबल संघ – एन्फाको सामाजिक संजाल बाट यू-२० को खुल्ला छनोट हुने जानकारी पाए र त्यस पश्चात नेपाल आउने सोचें,’ उनले भने ।

४ वर्ष अगि डेनमार्क पुगेका सुगम डेनमार्कमा युथ लेभल फुटबल खेल्दै आइरहेका छन् । उनी डेनमार्कको तेस्रो डिभिजन क्लब भीएसके आर्हुसको एकेडेमीमा अनुबन्धित छन् । डेनमार्कमै राम्रो प्रशिक्षण र अवसर भएपनि उनी राष्ट्रिय टोलीबाट खेल्ने आफ्नो सपना साकार पार्न नेपाल फर्किएका हुन् ।

‘आफ्नो देश हो । सानैदेखि राष्ट्रिय जर्सी लगाएर देशको लागि खेल्ने र आफुले सक्ने जति देशलाई योगदान दिने सपना थियो । त्यहि सपना पुरा गर्न नेपाल फर्केको हुँ,’ उनले भने ।

सानै उमेरदेखि फुटबलमा रुचि भएका धुलिखेल निवासी सुगमले १२ वर्षको उमेरमा स्थानीय प्रतियोगिता खेल्न थालेका थिए । ‘खेल्न त पहिले नै देशको लागि उमेर समूहबाट खेल्ने इच्छा थियो, तर त्यो बेला मौका जुरेन । सिनियर दाईहरुसँग केहि स्थानिय तहको प्रतियोगिताहरु भने खेलें । विद्यालयबाट कोका कोला कप खेलेको थिएँ,’ उनले सम्झिए ।

१४ वर्षको उमेरमा डेनमार्क गएका बायाँ विंगरले कोपेनहेगन स्थित बी९३ क्लब बाट खेल्दै डेनमार्कमा आफ्नो खेल जीवन सुरु गरे । यू-१६ बाट खेल्न सुरु गरेका सुगमले यू-१७, यू-१८ हुदै यू-१९ को केही खेल खेले । त्यस पश्चात उनि परिवार संग अर्को शहर आर्हुसतर्फ गए ।

आर्हुसस्थित भीएसके आर्हुसको यू-१७ टोलिमा आबद्ध भएका उन्नी विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ ले गर्दा दुई वर्ष खेल्नबाट बन्चित भए । ‘आर्हुस सरेपछि म भीएसके आर्हुसमा अनुबन्धित भएँ । तर कोरोनाले गर्दा दुई वर्ष मज्जाले खेल्न पाइएन । कोरोना पछि यू-१९ लेभलको खेल खेलें र त्यो सकेर नेपाल आएको हुँ,’ सुगमले सुनाए ।

चिसो ठाउँ बाट गर्मीमा आएर खेल्दा सुरुमा असहज महसुस भएको उनको अनुभव छ । ‘डेनमार्कमा धेरै चिसो छ । यता गर्मीमा त्यो पनि टर्फमा खेल्दा सुरुमा एकदम असहज भयो । विस्तारै मौसमसँग घुलमिल भएन र अहिले बानी नै परिसकेको छ,’ उनले भने ।

विदेशको व्यावसायिक क्लबबाट खेल्दै आएका सुगमलाई यू-२० टोलीसँग घुलमिल हुन भने समय लागेन । मुख्य कुरा भाषामा समस्या नहुँदा सहज भएको उनको बुझाइ छ । ‘सबै साथीहरु मिलनसार स्वभावको हुनुहुन्छ । भाषामा समस्या नहुँदा टोलीमा घुलमिल हुन सहज भयो,’ उनले थपे ।

डेनमार्क र नेपालमा खेल्दा उनले प्रशिक्षण शैलीमा भने भिन्नता पाए । ‘डेनमार्कमा खेल तीव्र गतिमा हुन्छ, खेलाडीहरु शारीरिक रूपमा पनि बलिया हुन्छन र उता प्राविधिक काममा बढी फोकस हुन्छ । यता बल संग र फिटनेसमा धेरै फोकस हुने रहेछ । समग्रमा भन्दा आफ्नो हिसाबले दुबै ठाउँमा प्रशिक्षण राम्रो छ,’ उनले भने ।

हालको प्रशिक्षणले टोली साफ च्याम्पियनसिप उपाधि जित्नेमा उनी विश्वस्त छन् । ‘मलाई लाग्छ हामी साफ जित्छौं । मुख्य कुरा हामीसँग उत्कृष्ट प्रशिक्षक टोली हुनुहुन्छ । सबैजना खेलाडीहरुले पनि एकदम मेहेनत गर्दै हुनु हुन्छ । अनुभवी खेलाडीको निर्देशनले खेल्न धेरै सहज हुनेछ,’ उनले भने ।

सुगमको अबको लक्ष्य अन्तिम २३ मा पर्ने र साफ जित्ने रहेको छ । उनले भविष्यमा सिनियर टोलीबाट खेल्ने लक्ष्य राखेका छन् । ‘पहिले त यू-२० टोलीको अन्तिम २३ मा पर्ने लक्ष्य छ । त्यसपछि टोलीबाट साफ जित्ने योजना छ । राष्ट्रिय टोलीका लागि खेल्नु मरो सपना हो । त्यसको लागि निरन्तर मिहिनेत गर्दै जाने छु,’ उनले सुनाए ।

सुगमको हाल प्रशिक्षणमा उच्च प्रदर्शन रहेको प्रशिक्षक मेघराज केसीले बताए । ‘सुगम एकदम राम्रो खेलाडी हो । उसको प्रदर्शन पनि राम्रो छ । राम्रो भएर नै उ अहिले ३० जना भित्र अटाएको छ । आशा छ उसले अन्तिम २३ मा पनि परेर अझै राम्रो गर्ने छ,’ सुगमको बारे प्रशिक्षक केसीले जनाए ।

साफ यू-२० च्याम्पियनसिप जुलाई २५ देखि अगस्त ३ सम्म भारतमा आयोजन हुनेछ । नेपाल लगायत भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगितामा भाग लिन नेपाल अर्को साता त्यसतर्फ जाँदैछ । प्रतियोगिता सम्पन्न भए पश्चात नेपाली टोलीले स्वदेश फर्केर सेप्टेम्बर १० देखि बहराइनमा हुने एएफसी यू-२० एसियन कप छनोटका लागि तयारी गर्नेछ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.