1 year ago
July 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्ष रहँदा पंकजविक्रम नेम्बाङले कार्यसमिति बैठकमा लागि पटक पटक एजेन्डा थप्न माग राख्ने गरेका थिए । अहिले नेम्बाङ अध्यक्ष रहँदा उनले देखाएको बाटोमा उपाध्यक्षहरु हिडेका छन् । साउन २ गतेका लागि बोलाएको केन्द्रिय समितिको बैठकमा ५ वटा एजेण्डा थप गर्न उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसीले महासचिव […]
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्ष रहँदा पंकजविक्रम नेम्बाङले कार्यसमिति बैठकमा लागि पटक पटक एजेन्डा थप्न माग राख्ने गरेका थिए । अहिले नेम्बाङ अध्यक्ष रहँदा उनले देखाएको बाटोमा उपाध्यक्षहरु हिडेका छन् ।
साउन २ गतेका लागि बोलाएको केन्द्रिय समितिको बैठकमा ५ वटा एजेण्डा थप गर्न उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसीले महासचिव किरण राईलाई बिहीबार पत्र बुझाएका छन् । एन्फाले तय गरेको १२ वटा एजेन्डामा समावेश नभएका र अतिआवश्यक विषयलाई आफूले एजेन्डाका रुपमा थप गर्न माग गरेको उपाध्यक्ष केसीले बताएका छन् ।
केसीले विशेष साधारण सभा, महिला लिगको दोस्रो चरण आयोजना, राष्ट्रिय लिग आयोजना, सहिद स्मारक ए, बी, सी डिभिजनको मिति निर्धारण र ललित स्मृति यू १८ प्रतियोगिता आयोजनाको एजेण्डा थप गर्न माग अनुरोध गरेका छन् ।
‘एन्फाको बजेट पास नभएसम्म कुनै कार्यक्रम अघि बढाउन सकिन्न । त्यति महत्वपूर्ण विषयलाई एजेण्डामा समेटिएको छैन,’ केसीले भने,‘ त्योसँगै अति महत्वपूर्ण विषयलाई एजेण्डामा समावेश गर्न महासचिवका नाममा एन्फामा पत्र दता गराएको छु ।’
महिला लिगको पहिलो चरण समाप्त भइसकेको छ भने दोस्रो चरणमो मिति तय भएको छैन । प्रदेशबाट छनोट भएका क्लबहरु सम्मिलित राष्ट्रिय लिगका विषयमा पनि एजेन्डामा नरहेकाले आफूले समावेश गरेको केसीले बताएका छन् । त्यस्तै फुटबल विकासमा ‘ए’,’बी’, ‘सी’ लिग र युवा खेलाडीको प्रतिभा प्रदर्शनका लागि ललित स्मृति महत्वपूर्ण रहने भएकोले त्यसको मिति पनि तय गर्नुपर्ने माग आफ्नो रहेको केसीले जनाएका छन् ।
एजेण्डा थपका विषयमा शुक्रबार निर्णय हुने महासचिव राईले जानकारी दिए । ‘उपाध्यक्ष केसीको पत्र पात्र भएको छ । यसअघि अर्का उपाध्यक्ष दीपक खतिवडाले एन्फा प्रवक्ता र प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तका लागि प्रस्ताव गर्नुभएको छ,’ उनले भने,‘ एजेन्डा प्रस्तावका लागि भोली सम्मको समय तोकिएको छ । त्यसपछि अध्यक्ष ज्यूसँगको सल्लाहमा एजेण्डाका बारेमा निर्णय हुनेछ ।’
एन्फाले कार्यसमिति बैठकका लागि भने महिला साफ च्याम्पियनसिपको आयोजना तथा टिम तयारीसहित १२ वटा एजेन्डा तय गरेको छ । जसमा पदपूर्ती समिति गठन, एनएसएल, सि डिभिजन छनोट, दैनिक फुटबल प्रशिक्षण सञ्चालन, यू २० र यू १७ टिम सहभागिता सम्बन्धमा एजेन्डा तय भएको छ ।
त्यस्तै विभिन्न पदाधिकारी नियुक्ती, आर्थिक सहयोग मापदण्ड निर्माण, राष्ट्रिय महिला÷पुरुष सिनियर, युथ टिमलाई बुट ग्लोब्सका लागि रकम तोक्ने, डलर खाता खोल्ने, बस र फरर्चुनर गाडी तथा विविध एजेन्डामा छलफल गर्ने भन्दै एन्फाले कार्यसमिति पदाधिकारी र सदस्यहरुलाई असार २४ गते पत्राचार गरेको थियो ।
December 4, 2023
एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार साँझ भएको खेलमा लिभरपुलले फुलहम विरुद्ध ४-३ को रोमाञ्चक जित निकालेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले अन्तिम समयमा ३-२ ले पछि परेको अवस्था उल्ट्याउँदै ४-३ को जित निकालेको हो । खेलमा लिभरपुलले २०औं मिनेटमा अग्रता लिएको थियो । ट्रेन्ट अलेकज्याण्डर-आर्नोल्डको फ्रिकिक क्रसबारमा लागेर फर्किदा फुलहम […]
December 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत सोमबार साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले नवप्रवेशी झापा फुटबल क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा झापा पहिलो जितको खोजीमा हुनेछ । दुवै टोलीले आफ्नो पछिल्लो खेलमा इन्ज्युरी समयको गोलको सहयोगले हार टारेका थिए । दुवै टोलीका लागि विदेशी खेलाडी नै […]
December 4, 2023
एजेन्सी – म्यानचेस्टर सिटी र टोटेनहम हट्सपरबीच इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेल ३-३ को रोमान्चक बराबरीमा सकिएको छ । सिटीविरुद्ध लगातार बाधक बन्दै आएको टोटेनहमले खेलको अन्त्यतिर गोल गर्दै पुन: एकपटक सिटीलाई जितबाट बन्चित गर्यो । सिटी अंक तालिकाको तेस्रो स्थानमा झर्दा टोटेनहमले भने लगातार हारको सिलसिलामा पूर्णविराम लगायो । टोटेनहमका कप्तान ह्युङ मिन […]