3 years ago
July 17, 2022
एजेन्सी – बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेज टोलीसँगै अमेरिका जान असफल भएका छन् । उनको भिसा कागजातमा प्रशासनिक समस्या भएपछि जाभीको अमेरिका यात्रामा केहि ढिलाई हुने भएको छ ।

कतारको अल सादका पूर्व खेलाडी रहेका जाभी खेलको सिलसिलामा इरान पुगेका कारण उनको यात्रामा ढिलाई भएको हो । इरानमा पुगेका जो कोहिले सहजै अमेरिकामा प्रवेश पाउँदैनन् । त्यसका लागि विशेष अनुमति लिनुपर्ने हुन्छ ।
बार्सिलोनाले समस्या समाधानका लागि शुक्रबार नै प्रयास गरेको थियो र सुल्झिएको खबर पनि पायो । तर जब जाभी एयरपोर्ट पुगेका थिए र उड्न जाने तयारीमा थिए, कम्प्युटर सिस्टममा हरियो बत्ति बलेन । त्यसका कारण उनको यात्रा रोकिएको थियो ।
समस्या समाधानका लागि क्लबले पहल गरेको भएपनि तत्काल त्यो सम्भव भएन । अब सोमबार मात्र उनको यात्राको प्रक्रिया अघि बढ्नेछ ।
जाभी सोमबार साझसम्म अमेरिका पुग्ने अपेक्षा गरिएको छ । मंगलबार इन्टर मायमीसँग हुने खेलअघि उनले टोलीको अन्तिम अभ्यास सत्रको नेतृत्व गर्न सक्ने अनुमान गरिएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]