default_image

2 years ago

July 27, 2022

सुआरेज पूर्व क्लब फर्कने

एजेन्सी – लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड लुइस सुआरेज आफ्नो पूर्व क्लब फर्कने भएका छन् । सुआरेज आफ्नो पहिलो क्लब नासियोनलमा पुनः आबद्ध हुने प्रारम्भिक सम्झौता गरेका छन् । सुआरेज १६ वर्षपछि आफ्नो पूर्व क्लब फर्कने भएका हुन् । आधिकारिक सम्झौता हुन बाँकी छ । क्लबले केही दिनमा नै उनलाई सार्वजनिक गर्ने योजना बनाएको छ […]

160 views

0 Bookmark

एजेन्सी – लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड लुइस सुआरेज आफ्नो पूर्व क्लब फर्कने भएका छन् । सुआरेज आफ्नो पहिलो क्लब नासियोनलमा पुनः आबद्ध हुने प्रारम्भिक सम्झौता गरेका छन् ।

सुआरेज १६ वर्षपछि आफ्नो पूर्व क्लब फर्कने भएका हुन् । आधिकारिक सम्झौता हुन बाँकी छ । क्लबले केही दिनमा नै उनलाई सार्वजनिक गर्ने योजना बनाएको छ ।

यस समरसँगै स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आफ्नो सम्झौता सकिएसँगै ३५ वर्षीय सुआरेज फ्रि एजेन्ट बनेका थिए । सामाजिक सञ्जालको एक भिडियोमा उनले चाँडै सहमतिमा पुग्ने आशा गरेका छन् ।

सुआरेज करिव २० हजार समर्थकमाँझ नासियोनलमा जोडिएको भिडियो सार्वजनिक भएको छ । उनी मास्कमा देखिएका छन् । सुआरेज सन् २००५ मा १८ वर्षको उमेरमा नासियोनलका लागि आफ्नो व्यावसायिक डेब्यु गरेका थिए । जसलाई उरुग्वेली लिगको उपाधि जिताएका थिए । त्यसपछि उनी ग्रोनिन्जेनमा आबद्ध भएका थिए ।

सर्वप्रथम म म र मेरो परिवारलाई पछिल्ला केही दिनहरूमा देखाइएको ठूलो स्नेहको लागि धन्यवाद भन्न चाहन्छु ।’ सुआरेजले भने, ‘नासियोनलमा फर्कने सम्भावनालाई अस्वीकार गर्न सकिदैन । प्रारम्भिक सम्झौता भइसकेको छ ।’

ग्रोनिन्जेनमा एक सिजन बिताएपछि उनी डच क्लब आयाक्स पुगेका थिए । आयाक्समा साँढे तीन सिजन बिताएपछि उनी इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका थिए । लिभरपुलमा पनि साँढे तीन सिजनको बसाईपछि उनी २०१४–१५ को सिजनमा क्याटलान क्लब बार्सिलोनामा अनुबन्ध भएका थिए ।

बार्सिलोनामा ६ सिजन बिताएका उनी २०२०–२१ को सिजनमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा पुगेका थिए । एट्लेटिकोमा दुई सिजन बिताएपछि उनी फ्रि एजेन्ट बनेका थिए ।

सन् २०११ मा उरुग्वेबाट कोपा अमेरिका जितेका सुआरेजले नासियोनलको उरुग्वेली लिग जितेका छन् । आयाक्सबाट डच लिग र डच कप, लिभरपुलबाट फुटबल लिग कप, बार्सिलोनाबाट चारपटक स्पेनिस ला लिगा, चारपटक कोपा डेल रे, दुईपटक सुपर कोपा, एक पटक च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप र सुपर कप जितेका छन् । एट्लेटिकोबाट एक पटक ला लिगा जितेका छन् ।

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.