default_image

9 months ago

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

362 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो ।

अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

गोदावरी बि र ललितपुर महानगरबीचको खेल निर्धारित ९० मिनेट २–२ बराबरीपछि खेल टाइब्रेकरमा गएको थियो । ५३ औं मिनेटमा निरोज मर्हजनको गोलमा ललितपुर अगाडी बढ्यो ।

तर खेलको ५७ औं मिनेटमा राजन मर्हजनले गोदावरीका लागि बराबरी गोल गरे । ५९ औं मिनेटमा फेरी महानगरका निरोजले नै गोल गरे । खेलको ८४ औँ मिनेटमा अनिल लामा बोम्जनले गोदावरीका लागि बराबरी गोल गरे ।

पेनाल्टी सुट आउटमा गोदावरीकी श्रीराम थापा, प्रज्वल श्रेष्ठ , राजन मर्हजन, मनिष तिमल्सिना, अनिल लामा बोम्जनले गोल गरे । महानगरका निरोज मर्हजन, सुविवेक मल्ल र आर्यन थापा मगरले गोल गरे । रोहित गिरीले गोल गर्न सकेनन् ।

त्यो खेलअघि गोदावरी ४ कुमारी सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा आगोले पोलेर मृत्यु भएका शंकर पहारी र रमेश पहारीको संझनामा एक मिनेट मौनधारण गरिएको थियो ।

अर्को खेलमा काठमाडौं महानगरले बुढानिलकण्ठलाई पेनाल्टी सुट आउटमा हरायो । ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी काठमाडौंले बाजी मार्यो ।

काठमाडौंका लागि सरोज तामाङ, मनिष सेढाई, असिम गुरुङ र एरिक विष्टले पेनाल्टिमा गोल गरे । बुढानिलकण्ठका लागि विवेक पण्डित र मनिष पौडेलले गोल गरे । दिविज खड्का, क्षीतिज खड्का र पेम्बा दोर्जे लामा सफल हुन सकेनन् ।

योसँगै क्वार्टरफाइनलको समीकरण पूरा भएको छ । गोदावरी बि , काठमाडौंअघि, कीर्तिपुर ,मध्यपुर थिमि, नागार्जुन , चन्द्रागिरी, महालक्ष्मी र दक्षिणकाली क्वार्टरफाइनलमा पुगेका छन् ।

शुक्रबार नागार्जुन र चन्द्रागिरीबीच पहिलो तथा महालक्ष्मी र दक्षिण कालीबीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ । प्रतियोगिताको विजेता टोलीले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

January 12, 2025

सिक्किममा झापा ११ को विजयी सुरुवात

हिमाल खरेल ,बिर्तामोड‌ झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]

January 12, 2025

फर्साटिकर कपको सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

Success

Thank you for your time.