default_image

2 years ago

July 28, 2022

सुआरेज पुर्व क्लब नासियोनलमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब लिभरपुल र क्याटलान क्लब बार्सिलोनाका पूर्व उरुग्वेली फरवार्ड लुइस सुआरेज आफ्नो पूर्व क्लब नासियोनल फर्किएका छन् । सुआरेजले आफ्नो पहिलो क्लब नासियोनलसँग १ वर्षको सम्झौता गरिएको बुझिएको छ । यस समरमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आफ्नो सम्झौता सकिएपछि ३५ वर्षीय सुआरेज फ्रि एजेन्ट बनेका थिए । सुआरेजले मंगलबार नै आफ्नो पूर्व […]

264 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुल र क्याटलान क्लब बार्सिलोनाका पूर्व उरुग्वेली फरवार्ड लुइस सुआरेज आफ्नो पूर्व क्लब नासियोनल फर्किएका छन् ।

सुआरेजले आफ्नो पहिलो क्लब नासियोनलसँग १ वर्षको सम्झौता गरिएको बुझिएको छ । यस समरमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आफ्नो सम्झौता सकिएपछि ३५ वर्षीय सुआरेज फ्रि एजेन्ट बनेका थिए ।

सुआरेजले मंगलबार नै आफ्नो पूर्व क्लब फर्कन लागेको भिडियो पोस्ट गरेका थिए । जहाँ क्लबसँग सम्झौता भएको बताएका थिए । त्यसपछि उनका समर्थकले सुआरेज अनुबन्धको हस्ताक्षर अभियान नै चलाएका थिए ।

पूर्व सम्झौताको खबरसँगै क्लबले मंगलबार जारी गरेको भिडियोमा सुआरेज नासियोनल पैसाको लागि नभई मायाको कारण गएको सन्देश पुगेको छ । सुआरेजको लागि अमेरिकी क्लबले मोटो रकम खर्चने योजना बनाएको थियो ।

सुआरेज बुधबारबाट आधिकारिक रुपमा उनी नासियोनलमा आबद्ध भएका छन् । ‘म पुनः नासियोनलको जर्सी लगाउन गर्व गर्छु । समर्थनको लागि सबैलाई धन्यवाद । हामी छिट्टै भेट्नेछौ,’ सुआरेजले ट्वीट गरे ।

सुआरेजले युरोपमा १६ वर्षे आफ्नो व्यवसायिक खेल करियरपछि उरुग्वे र नासियोनल फर्किएका हुन् । उनले यस नेदरल्याण्ड्स र पछि इंग्ल्याण्ड र स्पेनमा आफ्नो व्यवसायिक खेल करिअर बिताए ।

योसँगै उरुग्वेको आइकन, सुआरेज यस वर्षको अन्त्यमा कतारमा हुने विश्वकपको दौडमा घरेलु भूमिमा खेल्नेछन् । नासियोनलमा उनको सम्झौता थप गर्ने विकल्प पनि रहेको छ । उनी पछिल्लो समय अमेरिकी क्लबसँग जोडिएका छन् ।

सुआरेजले नासियोनलका लागि अर्काे साता कोपा सुडामेरिकानमा ब्राजिलियन क्लब एट्लेटिको गोइनानिन्सविरुद्धको खेलबाट दोस्रो पटक डेब्यु गर्ने सम्भावना छ ।

सुआरेजले सन् २००५ मा १८ वर्षको उमेरमा नासियोनलका लागि आफ्नो व्यावसायिक डेब्यु गरेका थिए । जहाँ उनले टोलीलाई उरुग्वेली लिगको उपाधि जिताएका थिए । त्यसपछि उनी ग्रोनिन्जेनमा आबद्ध भएका थिए । ग्रोनिएनमा एक सिजन बिताएपछि उनी डच क्लब आयाक्स पुगेका थिए ।

आयाक्समा साँढे तीन सिजन बिताएपछि उनी इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका थिए । लिभरपुलमा पनि साँढे तीन सिजनको बसाईपछि उनी २०१४–१५ को सिजनमा क्याटलान क्लब बार्सिलोनामा अनुबन्ध भएका थिए । बार्सिलोनामा ६ सिजन बिताएका उनी २०२०–२१ को सिजनमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा पुगेका थिए ।

barcelona-messi-neymar-suarez

एट्लेटिकोमा दुई सिजन बिताएपछि उनी फ्रि एजेन्ट बनेका थिए । सन् २०११ मा उरुग्वेबाट कोपा अमेरिका जितेका सुआरेजले नासियोनलबाट उरुग्वेली लिग जितेका छन् ।

आयाक्सबाट डच लिग र डच कप, लिभरपुलबाट फुटबल लिग कप, बार्सिलोनाबाट चारपटक स्पेनिस ला लिगा, चारपटक कोपा डेल रे, दुईपटक सुपर कोपा, एक पटक च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप र सुपर कप जितेका छन् । एट्लेटिकोबाट एक पटक ला लिगा जितेका छन् । सुआरेज १६ वर्षपछि आफ्नो पूर्व क्लब फर्कने भएका हुन् ।

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.