3 years ago
July 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा अर्को महिना आयोजना हुने महिला साफ च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ । साफले आज एक कार्यक्रममाझ ७ राष्ट्र सम्मिलित प्रतियोगिताको समूह विभाजन गरेको हो ।

छैटौं संस्करणको आयोजक नेपाल रहेको समूह बी मा श्रीलंका र भुटान रहेका छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित हासिल गरेको छ । यस्तै समूह ए मा साविक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रतियोगिता काठमाडौंस्थित दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ सम्म हुने कार्यक्रम रहेको छ ।
प्रतियोगिताका लागि नेपालले ५८ सदस्यीय प्रारम्भिक टोली पनि घोषणा गरिसकेको छ । हाल टोलीलाई २९ सदस्यको दुई समूहमा विभाजन गरेर प्रशिक्षण गरिएको छ । केही दिनमा नै अर्को चरणको छनोट हुने बुझिएको छ ।
एन्फाले महिला टोलीको प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ । थापा यसअघि सन् २०१५ को साफ च्याम्पियनसिपमा पनि प्रशिक्षक रहेका थिए । विराटनगरमा भएको गत संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । हालसम्म ५ संस्करणमध्य नेपाल ४ पटक फाइनलमा भारतसँग पराजित भएको छ । सन् २०१५ मा भने नेपाल भारतसँग सेमिफाइनलमा रोकिएको थियो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]