default_image

3 years ago

July 30, 2022

लिभरपुल र म्यानचेस्टर सिटी कम्युनिटी सिल्डको लागि भिड्दै

219 views

0 Bookmark

एजेन्सी – इंग्लिस फुटबलको शीर्ष डिभिजनको औपचारिक सुरुवातको रुपमा लिइने कम्युनिटी सिल्डका लागि आज लिभरपुल र म्यानचेस्टर सिटी भिड्दैछन् । लन्डनको वेम्बलीबाट किंग पावर स्टेडियममा सारिएको खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

गत सिजन उपाधि होडमा सिटीले लिभरपुललाई १ अंकले पछि पारेको थियो । त्यसयता दुवै टोलीले ट्रान्सफर विन्डोमा महत्त्वपूर्ण खेलाडी भित्र्याएका छन् । दुवै क्लबबाट नाम चलेका खेलाडी बाहिरिएका पनि छन् । सिजनको सुखद सुरुवात गर्न तल्लिन दुवै क्लबले उपाधि जित्न आफ्नो मुख्य टोली उतार्ने संकेत दिएका छन् ।

गत सिजन लिगमा दुवै टोलीले मनग्य गोल गरेका थिए । लिगको ३८ खेलमा सिटीले ९९ गोल गर्दा लिभरपुलले ९४ गोल गर्यो । यसका बाबजुद दुवै टोलीले ट्रान्सफर विन्डोमा मोटो रकम खर्चेर फरवार्ड भित्र्याएका छन् । सिटीले ५१ मिलियन पाउण्ड खर्चेर एर्लिङ हालान्ड अनुबन्ध गर्यो । यता लिभरपुलले क्लब कीर्तिमान ८५ मिलियन पाउण्डमा उरुग्वेका डार्विन न्युनेज भित्र्याएको छ ।

सिटीले इंग्ल्यान्ड राष्ट्रिय टोलीका मिडफिल्डर काल्भिन फिलिप्स अनुबन्ध गर्न लिड्सलाई ४५ मिलियन पाउण्ड तिर्यो । क्लबले अर्जेन्टिनाका युवा फरवार्ड जुलियन अल्भारेजको पनि साथ पाउनेछ । उनी जनवरीमा अनुबन्धित भएपनि लोनमा रिभर प्लेट बसेका थिए । क्लबले रहिम स्टर्लिङ, ग्याब्रिएल जेसस र ओलेक्जेन्डर जिन्चेन्कोलाई बेचेको छ ।

लिभरपुलले यसै सिजन बढुवा भएको फुल्हमका पोर्चुगिज विंगर फाबियो कार्भाल्हो भित्र्याएको छ । स्कटल्यान्डका काल्भिन राम्सी पनि टोलीमा छन् । तर विंगर साडियो माने बायर्न प्रस्थान गर्दा क्लबलाई केही धक्का महसुस हुने देखिन्छ । विकल्पमा रहँदै आएका डिभोक ओरिगी र ताकुमी मिनामिनोले पनि क्लब छाडेका छन् ।

प्रि सिजनमा लिभरपुलले मिश्रित नतिजा निकाल्दा सिटी दुवै खेलमा विजयी भयो । लिभरपुलले पहिलो खेलमा युनाइटेडसँग ४-० को हार बेहोरेपनि त्यसपछि क्रिस्टल प्यालेस र आरबी लाइप्जिगलाई पराजित गर्यो । लाइप्जिगविरुद्ध न्युनेज एक्लैले ४ गोल गरेका थिए । लिभरपुल पछिल्लो खेलमा भने आरबी साल्जबर्गसँग १-० ले पराजित भयो ।

अमेरिका भ्रमणमा रहेको सिटीले क्लब अमेरिकालाई २-१ ले पराजित गर्दा केभिन डे ब्रुएनले दुवै गोल गरे । अर्को खेलमा हालान्डको गोलमा सिटीले बायर्नमाथि १-० को जित दर्ता गर्यो ।

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.