default_image

3 years ago

July 31, 2022

ब्राजिल कोपा अमेरिका च्याम्पियन

243 views

0 Bookmark

एजेन्सी – आयोजक कोलम्वियालाई पराजित गर्दै ब्राजिल लगातार चौथोपटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको छ ।

घरेलु टोली कोलम्वियालाई १–० ले पराजित गर्दै ब्राजिल सर्वाधिक ८ पटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको हो । ब्राजिल लगातार नवौपटक फाइनलमा प्रवेश गर्दा आठपटक च्याम्पियन बनेको छ । ब्राजिल पाँचौं संस्करणमा अर्जेन्टिनासँग पराजित भएको थियो ।

कोलम्वियास्थित स्टेडियो अलफन्सो लोपेजमा आइतबार बिहान भएको फाइनलमा ब्राजिलको जितमा डेविन्हाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३९औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेकी थिइन् ।

घरेलु टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि त्यसपछि थप गोल निस्कन नसक्दा ब्राजिल पहिलो हाफको पेनाल्टी गोलले च्याम्पियन बन्न सफल भयो । ब्राजिल अपराजित र एक गोल पनि नखाई च्याम्पियन बनेको छ । ब्राजिलले समूह चरणको चार खेलमा १७ गोल तथा सेमिफाइनलमा दुई तथा फाइनलमा एक गोल गर्न सफल भयो ।

तेस्रोपटक फाइनलमा पुगेको कोलम्वियाको च्याम्पियन यात्रामा ब्राजिल नै बाधक बन्यो । कोलम्विया फाइनलको तीनै भेटमा ब्राजिलसँग नै पराजित भएको छ । त्यसअघि शनिबार पाराग्वेलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको छ ।

अर्जेन्टिनाकी यमिला रोड्रिग्वेज ६ गोलसहित सर्वाधिक गोलकर्ता बनिन् । कोलम्वियाकी लिन्डा काइसेडो सर्वाेत्कृष्ट खेलाडी चुनिइन् ।

८ जुलाईबाट शुरु भएको कोपा अमेरिका फेमेनिनामा कन्वेवलका १० टोलीले सहभागिता जनाएको थियो । समूह चरणपछि शीर्ष दुई टोलीले सेमिफाइनल खेलेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.