default_image

3 years ago

August 1, 2022

पिएसजी सुपर कप च्याम्पियन

370 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को च्याम्पियन बनेको छ । १० खेलाडीमा समेटिएको लिग वान प्रतिद्धन्द्धी नान्टेसमाथि ४–० को सानदार जित निकाल्दै पिएसजी च्याम्पियन बनेको हो ।

ब्लुमफिल्ड स्टेडियम इजरायलमा आइतबार राति भएको खेलमा पिएसजीलाई सिजनको पहिलो उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको थियो ।

खेलको २२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता बनाएको थियो । मेस्सीले उक डिफेन्डर र गोलरक्षकलाई बिट गदै सहजै गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा नेयमारले फ्रिकिकमा दर्शनीय गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।

५७औं मिनेटमा रामोसले गोल गरेपछि पिएसजी सहज जिततर्फ अग्रसर बन्यो । मेस्सीको हाफ भली प्रहारलाई गोलरक्षक लाफन्टले बचाएपनि राम्रोसँग क्लियर हुन नसकेको बललाई रामोसले ब्याकहिलमार्फत गोल गर्न सफल भएका थिए । ८१औं मिनेटमा नान्टेस १० खेलाडीमा समेटियो ।

नेयमारलाई पेनाल्टी बक्समा फउल गरेपछि जिन चार्लेस कास्टेलेटोलाई रेफ्रीले सिँधै रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए । त्यसमै प्राप्त पेनाल्टीलाई नेयमारले सदुपयोग गर्दै टोलीलाई च्याम्पियन बनाए ।

गत सिजनको उपविजेता पिएसजीले सर्वाधिक ११ पटक उपाधि जितेको छ । पिएसजी गत सिजन मार्सेसँग पराजित भएको थियो । त्यसअघि पिएसजी २०१३ देखि २०२० सम्म लगातार च्याम्पियन बनेको थियो । नान्टेस पाँचपटक फाइनलमा प्रवेश गर्दा तीनपटक च्याम्पियन बनेको छ ।

फ्रान्समा नयाँ सिजन शुरु हुनुअघि फ्रेन्च लिग च्याम्पियन र कप डि फ्रान्स च्याम्पियनबीच वार्षिक रुपमा सुपर कप खेल्ने प्रावधान छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.