3 years ago
August 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२६ को फिफा विश्वकपका लागि नेपालले एसियाली छनोटमा पहिलो चरणबाट खेल्नुपर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले सोमबार विश्वकप २०२६ र एसियन कप २०२७ का लागि छनोटको नयाँ ढाँचा जारी गरेपछि नेपालले प्लेअफ चरणबाटै खेल्नुपर्ने भएको हो ।

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता रहनेछ । जसमा एसियाबाट ८ टोली विश्वकपमा छनोट हुनेछन् । एक टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्नुपर्नेछ । प्ले अफबाट विश्वकपमा छनोट भए एसियाबाट ९ टोलीले विश्वकप खेल्नेछ । यसअघि एसियालाई विश्वकपमा चार स्थान तय थियो ।
नयाँ ढाँचा अनुसार विश्वकपमा छनोट हुन पुछारका टोलीले कम्तिमा चार चरणको छनोट पार गर्नुपर्नेछ । पहिलो चरणमा एसियाका २६ देखि ४७ औं वरीयतासम्मका टिमले खेल्नेछन् । यो छनोट चरणमा नेपाल रहनेछ । पछिल्लो वरीयतामा नेपाल एसियाको वरीयताको ३६औं स्थानमा रहेको छ । नेपालले कतार विश्वकप २०२२ का लागि दोस्रो चरणबाट छनोट खेलेको थियो । प्लेअफ चरण नेपालले उच्च वरीयता रहेका कारण खेल्नुपरेको थिएन ।

सन् २०१८ मा एक समय १ सय ६० वरीयतासम्म पुगेको नेपाली टोली हाल १ सय ७६ स्थानमा छ । पछिल्लो तीन महिनामा मात्र नेपाल १ सय ६७ स्थानबाट ९ स्थान तल झरिसकेको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नेपालले पहिलो चरण खेल्नु नपर्ने गरि तयारी गर्ने भनेपनि पछिल्लो समय टोलीको वरीयता झन घटिरहेको छ ।
यसपटक पहिलो चरणको प्लेअफ होम एण्ड अवेको आधारमा हुनेछ । पहिलो चरणबाट ११ विजेता टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरणमा १ देखि २५औं वरीयताका टिम तथा पहिलो चरणबाट छनोट भएका ११ टिम गरी ३६ टिमबीच प्रतिस्पर्धा हुनेछ । ३६ टिमलाई ९ समूहमा विभाजन गरिनेछ ।

दोस्रो चरणको ९ समूह मध्यबाट हरेक समूहका शीर्ष दुई टोलीले एसियन कप २०२७ मा प्रतिस्पर्धा गर्नेछन् । यिनै १८ टोलीले फिफा विश्वकपको लागि तेस्रो चरणको छनोट पनि खेल्नेछन् । तेस्रो चरणको छनोटमा ६ टोलीको ३ समूह हुन्छ र हरेक समूहका शीर्ष दुई टोली सिधै विश्वकपमा पुग्नेछन् ।
समूहका तेस्रो र चौथो हुने ६ टोलीले अर्को चरण छनोट खेल्नेछन् । ३ टोलीको दुई समूहबाट शीर्ष स्थानमा आउने टोली विश्वकपमा पुग्नेछ । समूहको दोस्रो हुने दुई टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्न एक आपसमा भिड्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]