default_image

9 years ago

December 17, 2016

फाल्गुनन्द गोल्डकपको तयारी अन्तीम चरणमा

130 views

0 Bookmark

दिपक बोहोरा ,पाँचथर – समाज सुधारक तथा १६ औ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको सम्मानमा पाँचथरको फिदिममा वर्षेनि हँुदै आएको पाँचथरको प्रतिष्ठीत फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको आँठै संस्करणको तयारी अन्तीम चरणमा पुगेको आयोजक फिदिम स्पोटिङ क्लबको उपाध्यक्ष दिपेन्द्र थापा मगरले बताउनु भयो ।

यहि २०७३ पौष १५ गते बाट हुने प्रतियोगितामा बासको अस्थाइ प्याराफिट निर्माणको कार्य सुरु गर्न लागीएको छ । भने मैदान बारबेरको निमित बासको चित्रा व्यस्थापन गर्ने कार्य पनि तिब्र गतिमा भइ रहेको मगरले बताए । साथै खेलमैदान व्यवस्थापनको कार्य पनि नियमित रुपमा चलिरहेको छ । खेल सञ्चालनको लागी प्रयोजकहरु संग पनि नियमित कुराहरु भइरहेको बताउनु भयो ।

सो प्रतियोगितामा आयोजक फिदिम स्पोटिङ क्ल्ब सहित पुर्वाञ्चलका प्रतिष्ठीत टिम र भारत र भुटानका गरी जम्मा १० टिम सहभागि हुने फिदिम स्पोटिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनु भयो । यसरि सहभागी हुने टिमहरुमा अायाेजक फिदिम स्पाेर्टिङ क्लब,कर्ण सिं साेनाम मेमोरियल क्लब ताप्लेजुङ, बिर्ता युनाइटेड फुटबल क्लब, गाेर्खा स्पाेर्टिङ क्लङ दमक, माेरङ-११, सुनसरी-११, रुपन्देही-११, चर्च ब्वाइज क्लब काठमाडौं, कालम्पाेङ-११ को सहभागीता रहने छ ।

प्रथम हुने टिमले २ लाख ५० हजार र द्धितिय हुने टिमले १ लाख ५० हजार प्राप्त गर्ने छन । प्रतियोतितामा २८ लाख ४३ हजार अनुमानीत खर्च लाग्ने अनुमान गरीएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.