default_image

2 years ago

August 6, 2022

मोउरिन्होले रोमामा भित्र्याए पिएसजीका मिडफिल्डर

एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले इटालियन क्लब एएस रोमालाई थप बलियो बनाउन ट्रान्सफर विन्डोमा खेलाडी अनुबन्धन गरिरहेका छन् । यसक्रममा क्लबले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का मिडफिल्डर जिओर्जिनिओ वाइनाल्डमलाई भित्र्याएको छ । लिभरपुल छाडेर गत सिजन मात्र पिएसजी आएका डच मिडफिल्डरले फ्रान्समा सोचेजस्तो प्रभाव जमाउन सकेनन् । उनले गत सिजन जम्मा २२ […]

116 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले इटालियन क्लब एएस रोमालाई थप बलियो बनाउन ट्रान्सफर विन्डोमा खेलाडी अनुबन्धन गरिरहेका छन् । यसक्रममा क्लबले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का मिडफिल्डर जिओर्जिनिओ वाइनाल्डमलाई भित्र्याएको छ ।

लिभरपुल छाडेर गत सिजन मात्र पिएसजी आएका डच मिडफिल्डरले फ्रान्समा सोचेजस्तो प्रभाव जमाउन सकेनन् । उनले गत सिजन जम्मा २२ खेलमा मात्र सुरुवात गरे । उनले यसक्रममा ३ गोल र ३ असिस्ट प्रदान गरे । उनले १६ खेलमा बेन्चबाट मैदान प्रवेश गरेका थिए । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्तिएरले उनलाई आफ्नो योजनामा राखेनन् ।

लिभरपुलमा रहँदा उनी टोलीको कार्यवाहक कप्तान समेत रहने गरेका थिए । उनले लिभरपुलमा अन्तिम सिजन खेल्दा ३८ मध्य ३४ खेल सुरुवात गरेका थिए । पिएसजीमा भने उनले २२ खेल सुरुवात गर्दा १५ पटक परिवर्तन हुनुपरेको थियो ।

रोमाले स्टार फरवार्ड पाउलो डिबाला आएको दुई सातामै वाइनाल्डम अनुबन्ध गरेको छ । यसअघि नै क्लबले म्यानचेस्टर युनाइटेडबाट नेमान्जा माटिचलाई अनुबन्ध गरेको थियो । मोउरिन्होले गत सिजन यूईएफए कन्फरेन्स लिग जितेपछि यसपटक टोलीलाई थप बलियो बनाइरहेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.