default_image

2 years ago

August 6, 2022

लिभरपुल फुल्हमसँग बराबरीमा रोकियो

एजेन्सी – उपाधिको दावेदार मानिएको लिभरपुल इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा नवप्रवेशी फुल्हमसँग बराबरीमा रोकिएको छ । खेलमा दुई पटक पछि परेको लिभरपुल २-२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । घरेलु टोली फुल्हमले दुई पटक अग्रता लिएपनि जित दर्ता गर्न सकेन । फुल्हमका लागि एलेक्जेन्डर मित्रोभिचले दुई गोल गर्दा लिभरपुलका मोहमद सलाह र […]

112 views

0 Bookmark

एजेन्सी – उपाधिको दावेदार मानिएको लिभरपुल इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा नवप्रवेशी फुल्हमसँग बराबरीमा रोकिएको छ । खेलमा दुई पटक पछि परेको लिभरपुल २-२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।

घरेलु टोली फुल्हमले दुई पटक अग्रता लिएपनि जित दर्ता गर्न सकेन । फुल्हमका लागि एलेक्जेन्डर मित्रोभिचले दुई गोल गर्दा लिभरपुलका मोहमद सलाह र डार्विन न्युनेजले १-१ गोल गरे ।

खेलको १४ औं मिनेटमा लिभरपुलले गोल गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएनन् । कोलाम्बियन विंगर लुइस डियाजले सुन्दर फिनिस प्रस्तुत गरेपनि त्यसअघि नै एन्डी रोबर्टसन अफसाइड रहेका कारण गोल मान्य भएन ।

खेलको ३२ औं मिनेटमा एलेक्जेन्डर मित्रोभिचले गोल गर्दै फुल्हमलाई अग्रता दिलाए । उनले केनी टेटेको क्रसलाई फार पोस्टमा हेडरमार्फत गोल गरे । सर्बियन फरवार्डले डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डलाई पछि पार्दै हेडर भेटेका थिए ।

दोस्रो हाफको सुरुवाती समयमा लिभरपुलले दुई खेलाडी परिवर्तन गर्यो । मिडफिल्डर थियागोले चोट बोकेपछि प्रशिक्षक योर्गेन क्लोपले रणनीति परिवर्तन गर्दै हार्भी एलिएट र डार्विन न्युनेजलाई मैदानमा पठाए । रोबर्टो फिर्मिनोको स्थानमा आएका न्युनेजले ७४ अ‍ौं मिनेटमा लिभरपुललाई बराबरीमा ल्याए । मोहमद सलाहको क्रसमा न्युनेजले ६ यार्ड बक्स भित्रबाट गोल गरे ।

खेलको ७२ अ‍ौं मिनेटमा फुल्हमले पुनः अग्रता लियो । एलेक्जेन्डर मित्रोभिचले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । भर्जिल भान डाइकले पेनाल्टी क्षेत्र भित्र मित्रोभिचलाई लडाएपछि रेफ्रिले पेनाल्टी दिएका थिए ।

लिभरपुलले ८१ अ‍ौं मिनेटमा मोहमद सलाहको गोलमा पुन: खेल बराबरी गर्यो । आर्नोल्डको लामो पासलाई न्युनेजले नियन्त्रणमा लिएपछि सलाहले पहिलो टचमै बललाई पोस्टको दिशा दिए ।

इन्ज्युरी समयमा लिभरपुल खेल जित्नबाट बञ्चित भयो । अन्तिम मिनेटमा कप्तान जोर्डन हेन्डरसनको प्रहार क्रसबारमा लाग्दा टोली बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

यसअघि शुक्रबार भएको लिगको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको थियो । आर्सनलको जितमा ग्यब्रिएल मार्टिनेलीले अग्रता दिलाउँदा अन्त्यतिर प्यालेसका कप्तान मार्क गुएहीले आत्मघाती गोल गरेका थिए ।

आज प्रिमियर लिगमा थप ५ खेल हुँदैछन् ।

आर्सनल २-० क्रिस्टल प्यालेस

फुल्हम २-२ लिभरपुल

७:४५ बजे : टोटेनहम हट्स्पर विरुद्ध साउथह्याम्पटन

७:४५ बजे : बर्नमाउथ विरुद्ध एस्टन भिल्ला

७:४५ बजे : लिड्स युनाइटेड विरुद्ध वल्भ्स

७:४५ बजे : न्युकासल युनाइटेड विरुद्ध नटिङहम फरेस्ट

१०:१५ बजे : एभर्टन विरुद्ध चेल्सी

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.