default_image

2 years ago

August 8, 2022

गोलरक्षकले बार्सिलोना छाडे

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका ब्राजिली गोलरक्षक नेटोले क्लब छाडेका छन् । उनी फ्रि एजेन्टमा प्रिमियर लिग क्लब एफसी बर्नमाउथमा एक सिजनका लागि आबद्ध भएका हुन् । मार्क आन्दर टेर स्टेगन र इनाकी पेना टोलीमा रहेका कारण नेटो प्रशिक्षक जाभी हर्नान्डेजको योजनामा थिएनन् । सोही कारण बार्सिलोनाले उनको सम्झौता नविकरण गरेको थिएन । ३३ वर्षीय […]

69 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका ब्राजिली गोलरक्षक नेटोले क्लब छाडेका छन् । उनी फ्रि एजेन्टमा प्रिमियर लिग क्लब एफसी बर्नमाउथमा एक सिजनका लागि आबद्ध भएका हुन् ।

मार्क आन्दर टेर स्टेगन र इनाकी पेना टोलीमा रहेका कारण नेटो प्रशिक्षक जाभी हर्नान्डेजको योजनामा थिएनन् । सोही कारण बार्सिलोनाले उनको सम्झौता नविकरण गरेको थिएन ।

३३ वर्षीय नेटो सन् २०१९–२० को सिजनमा ला लिगा क्लब भ्यालेन्सियाबाट बार्सिलोनामा अनुबन्ध भएका थिए । तर, उनले टेर स्टेगनलाई पहिलो रोजाईबाट हटाउन सकेनन् । उनी लगातार दोस्रो रोजाईमै रहे ।

बार्सिलोनाका लागि तीन सिजनमा नेटोले केवल २१ खेलमा मात्रै अवसर पाएका छन् । क्लब छाड्ने भएपछि उनी गत शुक्रबारदेखि नै टोलीको प्रशिक्षणमा अनुपस्थित रहेका थिए । उनले हालै प्रिमियर लिगमा बढुवा भएको बर्नमाउथसँग सम्झौता गरेका छन् ।

नेटोले बार्सिलोनासँगै इटालियन क्लब फियोरेन्टिना र युभेन्ट्सबाट पनि खेलेका छन् । उनले ब्राजिलको सिनियर टोलीबाट एक क्याप जितेका छन् ।

यो समरामा बार्सिलोना छाड्ने सुचीमा नेटोसँगै ओस्कार मिगुएजा र रिकी पुच रहेका छन् । मार्टिन ब्रेथवेट, स्यामुएल उम्टिटी र मेम्फिस डिपाए पनि बार्सिलोनाको विक्री सुचीमा छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.