default_image

3 years ago

August 8, 2022

एन्फा अध्यक्ष नेम्वाङ गृहनगरमा सम्मानित

192 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई गृहनगरमा झापाका विभिन्न संघसंस्थाले सम्मान गरेका छन् ।

नेम्वाङको गृहनगर धुलाबारीमा झापा जिल्ला फुटबल संघद्वारा आज आयोजित कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । असार ६ गते भएको एन्फा निर्वाचनबाट उनी अध्यक्ष निर्वाचित भएका थिए । मोफसलबाट एन्फा अध्यक्षमा निर्वाचित हुने नेम्वाङ पहिलो व्यक्ति हुन् ।

कार्यक्रममा नेम्वाङले फुटबल गतिविधि सुरु गरेको स्थानीय रोलिङ क्लब, दमकको ध्रुवतारा स्पोर्टिङ क्लब, सतासीधाम स्पोर्टिङ क्लब, काँकरभिट्टा फुटबल टे«निङ सेन्टर, बिर्तामोड भेट्रान्स फुटबल क्लबले सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै, मोफसलको चर्चित झापा गोल्ड कप, झापा टुडे डटकम, मुनाल क्लब, झापा जिल्ला फुटबल रेफ्री संघ, प्रशिक्षक संघलगायतले नेम्वाङलाई सम्मान गरेका थिए ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा एन्फा अध्यक्ष नेम्वाङले झापाली फुटबल अभियन्ताहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गरे । ’तपाईंहरुबीच एकता भएको खण्डमा नेपाली फुटबलले नै ठुलो फड्को मार्नेछ’, नेम्वाङले भने, ’फुटबलको उर्वर भूमि हो झापा, त्यस्तै तपाईंहरु मिलेर काम गर्नुपर्छ ।’
कार्यक्रममा संघका पूर्वअध्यक्षद्वय जलकुमार गुरुङ र महेन्द्र सुब्बा, झापा गोल्ड कपका महासचिव गजेन्द्रबहादुर पौडेल, क्लबहरुको तर्फबाट फुर्वा तामाङले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, बिर्तामोड भेट्रान्स फुटबल क्लबका अध्यक्ष किरण थापालगायतले नेम्वाङलाई बधाई दिएका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.