3 years ago
August 10, 2022
एजेन्सी – इंग्लिस क्लब चेल्सीमा दुई सिजन बिताएपछि जर्मन फरवार्ड टिमो वेर्नर आफ्नो पूर्व क्लब आरबी लाइप्जिग फर्किएका छन् ।

वेर्नर २०२० मा लाइप्जिगबाटै ४५ मिलियन पाउन्डमा चेल्सीमा अनुबन्ध भएका थिए । तर, उनले चेल्सीमा सोचेअनुरुपको प्रदर्शन गर्न सकेन र पहिलो रोजाईमा पर्न निकै संघर्ष गर्नुपरेपछि आफ्नो पूर्व क्लब फर्किएका हुन् ।
२६ वर्षीय फरवार्डले लाइप्जिगसँग २५ मिलियन पाउन्डमा ५ वर्षको सम्झौता गरेका छन् । उनले लाइप्जिगमा ११ नम्वरको जर्सी लगाउने तय भएको छ । वेर्नरले चेल्सीका लागि दुई सिजनमा ८९ खेलमा २३ गोल गरेका छन् । उनी चेल्सीले २०२१ म च्याम्पियन्स लिगको उपाधि जित्दा टोलीका सदस्य थिए ।
२०२० मा लिभरपुल, बायर्न म्युनिख र एट्लेटिको म्याड्रिडबाट चासो आएपनि उनले चेल्सी रोजेका थिए । त्यतिबेला वेर्नर निकै चर्चा र खोजीको फरवार्ड रहेका थिए । सन् २०१६ मा स्टटगार्टबाट लाइप्जिग आएपछि वेर्नरले सनसनी पूर्ण प्रदर्शन गर्दै सबैको नजरमा परेका थिए । उनले लाइप्जिगका लागि १५९ खेलमा ९५ गोल गरेका छन् ।

प्रिमियर लिगमा दुई सिजन खेल्दा वेर्नरले ५६ खेलमा १० गोल मात्रै गनै सफल हुँदा आफ्नो लयलाई कायम राख्न सकेनन् । यद्दपि उनले रियल म्याड्रिडविरुद्धको सेमिफाइनलको दोस्रो लेगमा गोल गर्दै चेल्सीलाई च्याम्पियन्स लिगको सफलतामा उभ्याएका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]