3 years ago
August 10, 2022
एजेन्सी – चिलीका फरवार्ड एलेक्सिस सान्चेज फ्रान्सेली लिग वान क्लब मार्सेमा अनुबन्धित हुने पक्का भएको छ ।इटालियन क्लब इन्टर मिलानले आपसी समझदारीमा सान्चेजको सम्झौता रद्ध गरेपछि उनी मार्सेमा आउने पक्का भएको हो ।

मेडिकल र कागजी प्रक्रियापछि उनले मार्सेसँग २ वर्षको सम्झौता गर्ने बुझिएको छ । ३३ वर्षीय सान्चेजले एक सिजन लोनसहित इन्टरमा तीन सिजन बिताउँदा १०९ खेलमा २० गोल र तीन उपाधि जितेका छन् ।
सान्चेज २०२०–२१ को सिजनमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टरमा स्थायी खेलाडीको रुपमा अनुबन्ध भएका थिए । त्यसअघि उनले एक सिजन लोनमा इन्टरमै बिताएका थिए । त्यसयता इन्टरले सिरी ‘ए’सँगै सुपरकोपा इटालिया र कोपा इटालिया जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य रहेका थिए ।
यद्दपि २०२१–२२ को सिजनमा भने सान्चेजले सिमोन इन्जाघीको प्रशिक्षणमा विरलै अवसर पाए । उनले गत सिजन इन्टरबाट सात खेलमा पहिलो रोजाईमा मौका पाउँदा ३९ खेलमा अवसर पाउँदा ९ गोल गर्न सफल रहे ।
सान्चेजले आफ्नो इन्स्टाग्राममा इन्टरसँगको आफ्नो समयको प्रतिविम्वित गर्दै क्लब र समर्थकलाई धन्यवाद दिएका छन् । ‘यहाँ मैले ११ वर्षपछि तीनवटा ट्रफी जितेर छोडेको छु । धन्यवाद र शुभकामना, छिट्टै भैटौला ।’ इन्टरले पनि सान्चेजलाई नयाँ गन्तव्यको शुभकामना दिएको छ । आफ्नो करिअरमा १७ उपाधि जितेका सान्चेजले चिलीबाट १४८ क्याप जित्दै ४८ गोल गरेका छन् ।
सान्चेजले चिलियन क्लब कोब्रेलोआबाट व्यवसायिक खेल करिअर शुरुवात गरेका थिए । त्यसपछि सान्चेजले चिलीकै कोलो कोलो, अर्जेन्टिनाको रिभर प्लेट, इटालीको उडिनेस, क्याटलान क्लब बार्सिलोना, इंग्लिस क्लब आर्सनल र म्यानचेस्टर युनाइटेडबाट खेलिसकेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]