3 years ago
August 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नमुना स्पोर्ट्स क्लबको आयोजनामा ललितपुरको गोदावारीमा १९औं संस्करणको दिनेश स्मृति गाइजात्रा कप फुटबल प्रतियोगिता यसै साता आयोजना हुने भएको छ ।

क्लबका अध्यक्ष डम्वर बहादुर स्याङ्तानले प्रतियोगिता २७ र २८ साउनमा हुने जानकारी गराए । प्रतियोगिताको लासग सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । दुई दिने प्रतियोगिता गोदावारी बसपार्कस्थित सेन्ट जेभियर फुटबल मैदानमा हुनेछ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले १५ हजार रुपैयाँ हात पार्नेछ ।
यस्तै क्वाटरफाइनलमा पुगेका ८ मध्ये फाइनल पुग्ने दुई टोलीबाहेक ६ टोलीबाट पेनाल्टी सुटआउटमार्फत विजेता छिनोफानो गरिनेछ । विजेताले १० हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । एक दर्शकलाई ५ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई सिरुपाते ट्राउन फार्म एन्ड रिसोर्ट, गोदावारी नगरपालिका, सनराइज बैंक, फ्रिडम एक्सपोर्ट बाराही विल्डर्स, लिनिङ नेपाल र विद्यासागर बोर्डिङ स्कुललगायतले प्रायोजन गरेको छ ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]