1 year ago
August 10, 2022
काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बाले भारतको केरेला महिला लिगको पहिलो खेलमै ह्याट्रिक गरेकी छन् । गोकुलम केरेला एफसीबाट खेल्दै सावित्राले केरेला एफसीविरुद्ध ह्याट्रिक पूरा गरेकी हुन् । २५ मिनेट भित्र सावित्राले ह्याट्रिक पूरा गर्दा केरेलाविरुद्ध गोकुलमले ४–० को अग्रता लिएको छ । सावित्राले टोलीका लागि पहिलो, तेस्रो र चौथो गोल […]
काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बाले भारतको केरेला महिला लिगको पहिलो खेलमै ह्याट्रिक गरेकी छन् ।
गोकुलम केरेला एफसीबाट खेल्दै सावित्राले केरेला एफसीविरुद्ध ह्याट्रिक पूरा गरेकी हुन् । २५ मिनेट भित्र सावित्राले ह्याट्रिक पूरा गर्दा केरेलाविरुद्ध गोकुलमले ४–० को अग्रता लिएको छ । सावित्राले टोलीका लागि पहिलो, तेस्रो र चौथो गोल गरेकी थिइन् । अर्को गोल कप्तान कश्मिनाले गरेकी थिइन् ।
गोकुलम केरेला लिगसँगै महिला आइ लिग च्याम्पियन पनि हो । अर्को महिना गोकुलमले एएफसी क्लब च्याम्प्यिनसिप खेल्ने छ । त्यसैका लागि सावित्रा गत साता भारत गएकी थिइन् ।
September 25, 2023
बिर्तामोड (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ । सैनिक युथ क्लबका उपाध्यक्ष समेत रहेका कटुवालकी आमा ईन्द्रमाया कटुवालको आइतबार साँझ ७ बजे उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको हो । उनी मिर्गाैलासम्बन्धी रोगबाट पीडित थिइन् । २०१५ सालमा जन्मिएकी ईन्द्रमायाका प्रवेश र गणेश […]
September 25, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल विजयी हुँदा अर्को खेलमा चेल्सी भने पराजित भएको छ । लिभरपुलले वेस्ट ह्यामलाई ३-१ ले पराजित गर्दै चेल्सीले भने एस्टन भिल्लासँग १-० को साँघुरो हार बेहोर्यो । लिभरपुलका लागि मोहम्मद सालाह, डार्विन नुनेज र डिएगो जोटाले समान एक-एक गोल गरेका थिए । वेस्ट ह्यामका लागि […]
September 25, 2023
एजेन्सी – स्पेनिश लालिगा अन्तर्गत प्रतिष्ठित म्याड्रिड डर्बीमा एटलेटिको म्याड्रिडले जित हासिल गरेको छ । एटलेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एटलेटिको मड्रिडले आफ्नै सहरको प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एटलेटिकोको जितमा अल्भारो मोराटाले दुई तथा एन्टोवान ग्रिजम्यानले एक गोल गरेका थिए। रियलका लागि टोनी क्रुसले एक गोल गरे। […]