default_image

3 years ago

August 11, 2022

सुखद सन्देश दिन चुकेको एन्फा कार्यसमितिको बैठक बस्दै

311 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चुनिएको ५० दिन पूरा भइसकेको छ। तर, नयाँ नेतृत्व फुटबल परिवार र समर्थकलाई सुखद सन्देश दिनबाट चुकिरहेको छ। सन्देश दिन समेत चुकिरहेको नेतृत्वबाट अरु आशा गर्ने ठाँउ रहन्न ।

फाइल तस्बिर ।

पहिलो बैठकको निर्णय नै विवादमा परेको एन्फाको कार्यसमितिको दोस्रो बैठक पुनः बिहीबार बस्दैछ। यसअघि दुई पटक दोस्रो बैठक स्थगित भएको थियो । साउन ५ गते वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत झण्डै आधा जसो पदाधिकारी र सदस्यहरुले उपस्थितिमा दस्तखत गर्न अस्वीकार गरेपछि अध्यक्ष पंकजविक्रम नेम्वाङ बैठक स्थगित गरेका थिए । त्यसअघि साउन २ का लागि डाकिएको बैठक अध्यक्ष नेम्वाङ अचानक अस्वस्थ भएपछि स्थगित भएको थियो ।

असार ६ गते निर्वाचित कार्यसमितिको पहिलो बैठक असार ८ गते नै बसेको थियो । सो बैठकले महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नवीन पाँडेलाई नियुक्त गरेको थियो । पहिलो बैठकमा १९ सदस्यीय कार्यसमितिले सर्वसम्मत ३ जनाको नियुक्तलाई अनुमोदन गरेको थियो ।

त्यसपछि भने एन्फा अघि बढ्न सकेन । सबैभन्दा धेरै विवाद पाँडेको नियुक्तीलाई लिएर भएको छ । उनको नियुक्ती अनुमोदन गर्नेमध्येकै वरिष्ठ उपाध्यक्ष खड्कासहित १३ जनाले पाँडेलाई बर्खास्त गर्नुपर्ने मागसहितको निवेदन दर्ता गराएका थिए । दोस्रो पटक बैठक स्थगित भएपछि भने एन्फा नेतृत्वको चर्को आलोचना भइसकेको छ । दोस्रो बैठक नै बस्ने नसकेको एन्फाको नयाँ कार्यसमितिबाट के आशा गर्ने ? भन्ने प्रश्न उठ्न थालेको छ ।

अध्यक्ष नेम्बाङमाथि प्रश्न गरिरहेका पदाधिकारी र सदस्यहरुमाथि पनि अब भने प्रश्न उठ्न थालेको छ । उपस्थितिमै दस्तखत नगर्ने पदाधिकारी र सदस्यबाट कस्तो अपेक्षा गर्ने भन्ने प्रश्नको जवाफ दिन उनीहरुलाई पनि सहज छैन । पाँडेलाई बर्खास्त गर्ने र फिफाबाट १० वर्षको प्रतिबन्ध खेपिरहेका एन्फाका पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापालाई सहायक महासचिव नियुक्त गर्ने विषय मुख्यतः पेचिलो बनेको छ ।

गौरवलाई एन्फा प्रवेश नेम्वाङ इच्छुक नदेखिएपछि पाँडेको बर्खास्ती चर्को रुपमा उठेको बुझ्न कठिन छैन । निर्वाचन अघि गौरवलाई एन्फा लाने सहमति भएको र त्यसबाट पछि हट्न नमिल्ने भन्ने तर्ककै कारण दोस्रो बैठक बस्न नसकेको बुझिन्छ ।
अब दोस्रो बैठक तेस्रो पटक पनि स्थगित हुन्छ वा केहि सकारात्मक सन्देश दिन सफल हुन्छ त्यो भने हेर्न बाँकी छ । पाँडेलाई हटाउन माग गरिएको एजेण्डालाई समावेश गर्न नेम्बाङ तयार भएनन् । तर त्यो विषयमा छलफल भने गरिने एन्फा महासचिव राईले बताएका छन् ।

फेरि पनि बैठक स्थगित भएको खण्डमा त्यसले एन्फाप्रतिको विश्वास झन् कमजोर हुने भएकोले बैठक अघि बढाउनुपर्नेमा आफूहरुको पनि भूमिका हुने उल्लेख गर्दै यसअघि दोस्रो बैठकमा दस्तखत नगर्ने पदाधिकारीले भने, ‘हामीमाथि पनि दबाब छ । त्यसैले बैठक अघि बढोस् भन्नेमा हामी छौं । सबै एजेण्डामा छलफल होस् । पास गर्दै जाने कुनैमा असहमति भए फरक मत दर्ज गराएर भएपनि अघि बढ्नुपर्छ भन्नेमा हामी छौं ।’

फाइल तस्बिर ।

एन्फा सदस्य पेमा डोल्मा लामाले शुक्रबार नै बुझाएको अर्को ४ वटा एजेण्डाले भने बैठकमा प्रवेश पाउने भएको छ । एन्फा महिला समितिकी अध्यक्ष समेत रहेकी लामा पुरस्कार राशी, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन तथा फिफा डेमा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका विषयमा एजेण्डा थप्न माग गरेकी थिइन् ।

एन्फा बैठकको एजेण्डा विविधसहित २२ छ । महासचिव राईले कार्यसमितिको दोस्रो बैठक बस्ने भन्दै साउन १७ गते पदाधिकारी र सदस्यहरुलाई पत्रचार गरेको थियो । दोस्रो बैठकका लागि सुरुवातमा विविधसहित १२ वटा एजेण्डा तय गरेको थियो । त्यसमा उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसी ५ र अर्का उपाध्यक्ष दीपक खतिवडाले एउटा एजेण्डा थप गर्न माग गरेपछि १८ एजेण्डा पुगेको थियो । लामाको माग सम्बोधन गरेपछि एजेण्डा संख्या २२ पुगेको थियो ।

एन्फामा २१ सदस्यीय एन्फा कार्यसमितिले पूर्णता पाइसकेको छैन । असार ६ गते भएको निर्वाचनबाट ६ पदाधिकारीसहित १९ जना निर्वाचित गरेको थियो । १३ खुला सदस्यका लागि भएको निर्वाचनमा ११ जनाले निर्वाचत भएका थिए । त्यसमध्ये २ सदस्य पदका लागि ४ जनाको मत बराबरी भएपछि विशेष साधारण सभाबाट निर्वाचित गर्ने एन्फाले जनाएको थियो ।

एउटै प्यानलबाट निर्वाचित भएका पनि पाँडेको बर्खास्तीका विषयमा पदाधिकारी र सदस्यहरु अलग अलग समूहमा विभाजित भएका छन् । पाँडेको बर्खास्ती गर्दै निवेदन माग गर्ने अधिकांश पदाधिकारी र सदस्य अध्यक्ष नेम्बाङकै प्यानलबाट एन्फा कार्यसमितिमा निर्वाचित भएका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.