3 years ago
August 11, 2022
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको विजेता रियल म्याड्रिडले यस सिजनको यूईएफए सुपर कपको उपाधि जितेको छ । स्पेनिस क्लबले युरोपा लिग विजेता आइनट्राक्ट फ्रान्कफर्टलाई २-० ले पराजित गर्दै सिजनको सुरुवात उपाधिसहित गरेको हो ।

रियल म्याड्रिडका लागि डेविड अलाबा र करीम बेन्जेमाले १-१ गोल गरे । पहिलो हाफमा अलाबाको गोलमा रियलले सुरुवाती अग्रता लिएको थियो । ३७ औं मिनेटमा कर्नरबाट आएको बलमा क्यासेमिरोले गोलरक्षक र डिफेन्डरको गल्तिको फाइदा उठाएका थिए । उनले अलाबालाई हेडरमार्फत पास दिँदै अवसर सिर्जना गरेका थिए । ६ यार्ड बक्सभित्र अनमार्क रहेका अलाबाले सहजै गोल गर्दै अघि बढाए ।
६५ औं मिनेटमा बेन्जेमाले रियलको अग्रता दोब्बर पारे । भिनिसियस जुनियरको पासमा बेन्जेमाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोल भएको थियो । त्यसअघि भिनिसियसको दुई सुन्दर प्रहारलाई गोलरक्षक केभिन ट्राप र डिफेन्डर तुताले बचाएका थिए ।
यससँगै रियल म्याड्रिडले सुपर कप जित्ने सूचीमा बार्सिलोना र एसी मिलानसँग बराबरी गरेको छ । तीन टोलीले समान ५-५ पटक सुपर कप उपाधि जितेका छन् । बार्सिलोना ४ पटक उपविजेता हुँदा रियल ३ र मिलान २ पटक उपविजेता भएको छ । लिभरपुलले ४ पटक उपाधि जितेको छ । रियल यसअघि सन् १९९८, २००० र २०१८ मा सुपर कपमा उपविजेता बनेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]